एक टुक्रा याद

‘भोलिपर्सि हामीले पनि यस्तै घर बनाउनुपर्छ ल !’ अलि परको घरतर्फ इशारा गर्दै उ भन्थी ।

‘हस्’ म पनि मुन्टो हल्लाउदै मुस्कुराएर भन्थें ।
‘कलर चाही अलि अर्कै लगाउने । त्यो त मलाई मन परेन,’ उसको योजना यस्तो हुन्थ्यो । अरु पनि के के बनाउथी ।
म सहमति जनाएर बस् मुस्कुराइ दिन्थे मात्र ।
ऊ, मन नपरेका अर्थोक के के छन् । एक एक गर्दै सुनाउथी । म सुनेर टाउको हल्लाउदै सहमति जनाइ रहन्थे ।
...


‘घर पुग्नु भयो ?’ उसलाई भेटेर घर फर्किने बेलामा कम्तिमा पनि २० चोटी त उसले फोन गर्थी । 
कहाँ पुग्यो ? साइडमा को छ ? झ्यालको सीसा लगाउनु । फोनमा ‘यस्तै, यस्तै । घर नपुगुञ्जेल उसको उर्दी आई रहन्थ्यो । म पनि उसले जे भन्थी त्यसै गर्थे । उसको यहीं बानी मलाई औधी मन पथ्र्यो ।
‘अर्को वर्ष त जसरी भए पनि उसलाई विहे गरेर आफ्नो बनाउछु,’ यो मेरो आफ्नो योजना हुन्थ्यो । कामबाट फर्किने बेला म सोचि रहेको हुन्थें । मेरो महिनाको तलब यति, उसलाई विहे गरि सकेपछि यति खर्च गर्ने । यति सेभ गर्ने । म मनमनै सोच्थें । उसलाई पनि सुनाएको थिइन् । एकैचोटी पैसा जम्मा पारेर सरप्राइज दिन्छु, सोचेको थिएँ । घरमा विहे गर्नुपर्ने दबाब उसलाई पनि थिएन । मलाई पनि थिएन ।
भनौं न, मनमौजी जिन्दगी थियो । भेट्न मन लागें, अफिसबाट बाहाना पा¥यो । उसलाई भेट्न भनेर हानियो । जे होस्, जिन्दगी अपुग धेरै चिजमा भए पनि दुख मनाउ गर्नुपर्ने ठाउँ भने कतै थिएन ।
ऊ छे, उसको प्रेम छ । हाम्रो प्रेम जुगौं जुगसम्म चलि रहन्छ, यहीं सोचेर चित्त बुझाउने ठाउँ थियो । बुझाएकै पनि थिएँ ।
गाउँ छोडेर सहर झरेको पनि ३ वर्ष पूरा भएर ४ वर्ष पुग्ने आटेको थियो । केही गरौंला । केही बनौंला भनेर सहर छिरेको ३ वर्ष बिति सक्दा पनि उपलब्धि केही भएको थिएन । २ वर्षसम्म घरबाटै पैसा मगाउनु परें पनि १ वर्षदेखि जेनतेन पेट पाल्ने बाटो बनेको थियो । काम सुरु गरेदेखि त कलेज जान पनि नभ्याइने । धेरै चोटी क्लास मिस गरेको थिएँ ।
कलेज नगएको चिन्ता मलाई भन्दा बढी त उसैलाई हुन्थ्यो । त्यसपछि त के थियो र ! बिहान पाँच बजे नै फोन गरेर मलाई ब्युँझाथि । हो, राम्रोसँग पढ्यो भने पछि केही होला । मन नलागि नलागि कलेज जान्थे । आधाउधि निद्रा त अझैं बाँकी नै हुन्थ्यो । यस्तोमा पढेको बुझेको भन्नु कि नबुझेको । तर, उसले बिहानै फोन गरेर कलेजको लागि ब्युँझाएको राम्रै भएको थियो । 

फेसबुकको लभ थियो हाम्रो ।
कहाँ हो कहाँ ?
कहिले नसोचेको मान्छेसँग माया बसेको थियो । फेसबुकको लभको कुनै भर हुँदैन भनेर सुनेको पनि हो । तर, मलाई मेरो मायामा भर थियो । जसले जे सुकै भने पनि हाम्रो माया त अजम्बरी छ जस्तै लाग्थ्यो । कहिले छुट्दैन । उसले छोड्न पनि सक्दिन भन्नेमा ढुक्क थिएँ ।
कहिलेकाही पैसाले ¥याख¥याखति पारेको बेलामा पनि ऊ काम लाग्थि । दुई, चार हजार नसोधी पठाइ दिन्थि । ‘यो सब मलाई पछि चाहिन्छ नि फेरि,’ मुस्कुराउदै ऊ भन्थि, ‘त्यो पनि ब्याजसहित ।’
उसले यति भनि सकेपछि मलाई पनि हाँस्न करै लाग्थ्यो । ‘भो, चाहिंन्न के पैसा तिमी किन पठाको,’ भन्न सक्दिनथे । पैसा चाहिएको थियो ।
आ,
मैले सित्तैमा लिएको पनि होइन । फेरि, ऊ र म बिचमा तेरो भन्नु पनि के छ र,
ऊ मेरि हो । म उसको ।
यही सोचेर चुपचाप बस्थे ।
छिट्टै उसलाइ आफ्नो बनाउछु र, त्यसपछि अघि के पर्छ । दुवै जना मिलेर सामना गरौंला सोचेर बसेको थिएँ ।

हो, आजभन्दा पाँच वर्ष अघि यहीं साचेको थिएँ ।
यो कथा लेखि रहँदा पनि हाम्रै मायालाई कापी, कलम दुवै बनाएर लेखौंला सोचेको थिएँ ।
तर, बिडम्बना !
आज ऊ मेरो साथमा छैन । छन् त केबल उसका यादहरु । त्यही यादहरुलाई लेख्न म सँग छन् । यि आँखाबाट चुहिई रहने आँसु !
तप्पतप्प !

Post a Comment (0)
Previous Post Next Post