मेमोरी अफ दी मुस्ताङ




यो धेरै पुरानो सम्झना होइन । डेढ वर्ष अघिको हो ।

आउनुस्, 

आज चिसो मरुभुमी अर्थात मुस्ताङको चर्चा गरौं । 

...

कहिलेकाही म भित्रको म ले भन्ने गर्छ । ‘पत्रकारितामा लागेर तैंले के पाइस् ?’ माइक्रोबसमा कोचाकोच, ठेलमठेल भएर यात्रा गर्दै गर्दा मैले सोच्ने गर्छु । सूचनादातासँग सूचना लिदालिदै मोबाइलमा ब्यालेन्स सकिएर फोन कट हुँदा सोच्ने गर्छु । महिनादिन सकिएर घरबेटीलाई महिनाभर लगाएर कमाएको तलब बुझाउँदै गर्दा सम्झिन्छु । श्रीमतीले फलानो÷तिलानो ठाउँ घुम्न जाउँ भन्दा सोच्ने गर्छु । कहिलेकसो त सोच्दासोच्दै मैले के सोच्दै थिएँ । त्यो पनि बिर्सिन्छु । 

बिर्सेर राम्रै भएछ । यस्ता दुखका कुरा धेरै सम्झिनु पनि हुन्न । 

अँ, 

हामी कुरा गर्दै थियौं चिसो मरुभुमी अर्थात मुस्ताङको । 

आजभन्दा करिबन ५ सय ४० दिन अगाडी म त्यो मरुभुमीको यात्रामा थिएँ । म मात्रै थिइनँ । जम्बो टोली नै थियो । ति व्यक्तिहरुको म यहाँ चर्चा गर्दिनँ । गर्न पनि चाहन्नँ । गरेर फाइदै छैन । किनभने आजको छलफल मुस्ताङको मात्रै हुने छ । सिर्फ त्यहाँको सुन्दरताको चर्चा गर्ने छौं । 

Jomson Airport


ल, यता आउनुस् 

अब मुस्ताङको यात्रा सुरु हुन्छ ।

पोखराबाट चिलगाडी चढ्दा बिहानको ९ बज्न आँटेको थियो । होला । मलाई ठ्याक्कै समय याद आएन । चिलगाडी उड्दैन कि भन्दा भन्दै । धन्न, चिलगाडी उड्यो । नत्र त्यो दिन मुस्ताङ जान नपाइने रहेछ । 

चिलगाडी चढेर मुस्ताङ पुगीयो । चिलगाडीमा पहिलो पटक चढेको थिएँ । अलिअलि रोमाञ्चित पनि भै रहेको थिएँ । कताकता त्यै भित्तामा चिलगाडी ठोक्किने पो हो कि भनेर डर पनि लागी रहेको थियो । 

जोमसोम विमानस्थलमा चिलगाडीले सफलतापूर्वक अवतरण ग¥यो । ल्यान्ड ग¥यो । फुत्तफुत्त झोला बोक्दै बाहिर निस्कियौं । मख्ख, छक्क, दंग सबै प¥यौं ।

..

जोमसोम एअरपोर्टमा सफलतापूर्वक अवतरण गरि सकेपछि बाहिरपट्टी गेटमा चारपांग्रे हामीभन्दा पहिले नै पिक अप गर्न रेडी भएर बसेको रहेछ । हामी पनि फाटाफट चारपाँग्रेमाथि विराजमान भयौं । चारपाँग्रे अघि बढ्न थाल्यो । स–स्याना बुँट्यान बाहेक कही कतै अलिकति पनि एकथोपा पनि हरियाली नदेखेर म गम खाँदै तिन छक परि रहेको थिएँ । दंग परि रहेको थिएँ । 



त्यो चारपाँग्रेले ठिनी भन्ने गाउँमा पुगेर ब्रेक लगायो । अघि जसरी चँढेका थियौं । त्यसैगरि फुत्तफुत्त बाहिर निस्कियौं । त्यहाँ भव्य स्वागतका लागि पूर्वतयारी भएको रहेछ । भव्य स्वागत ग्रहण ग¥यौं । 

पोखराबाट भुँडीमा पानी पनि नहुलि निस्केको हुनाले हुनुपर्छ । पेटमा शित युद्ध चल्न थालेको थियो । 

खाना तयार हुँदै रहेछ । 

त्यतिञ्जेल हामीलाई नुन चिया र हालु ज्युनार गर्नका लागि दिइयो । कपाकप आलु ज्युनार गरेर नुन चिया ग्रहण गरियो । एकै छिनपछि खाना पनि ग्रहण गरियो । 

खाना ज्युनार गरि सकेपछि एकैछिन आराम फर्माइस गर्न लगाइयो । सबैजना बेडमा डङरङ लम्पसार प¥यो । कोही निदायौं । कोही मुहार पुस्तिकातिरै व्यस्त भयौं । त्यहाँ हामीले करिबन २ घण्टा आयु छोट्यायौं । 

२ घण्टा आयु छोट्याए पछि ठिनीमै अवस्थित ११ सय वर्ष पुरानो कुछब तेरङा गुम्बाको अवलोकन ग¥यौं । ऐतिहासिक किंवदती पनि सुन्यौ । अच्चम । तिनछक्क । दंग प¥यौ । 

तपाईलाई थाहै छ । परिवारको माइलो छोरा गुम्बालाई चढाइन्छ । आजकाल जेठा माइला, साइला, काइला, राइला, ग्वाइला, ठाइला आदी । इत्यादी शब्द लोप हुने उपक्रममा छन् । एक,दुई वटा भन्दा बढी सन्तान उत्पादन हुनै छाडे । त्यो गुम्बामा पनि माइलाको कमी भएको रहेछ । 

गुम्बालाई हेरि सकेपछि मुस्ताङ र मनाङ जोड्ने निर्माणाधीन मोटरेबल बाटो हेर्न अलि माथिसम्म उक्लियौ । चार पाँग्रे अलिकति उकालो लागि सकेपछि त्यो भन्दा माथि जान सकेन । हामी त्यहीबाट फक्यौं । 

..

बेलुकीको खानापछि पाहुनाको स्वागतमा नाँचगानको कार्यक्रममा पनि राखिएको रहेछ । रमाइलै भयो । त्यही रात ठिनीमै अवस्थित थकाली समुदायको भेषभुषा, रहनसहनका बारेमा जानकारी पाइने संग्रहालय पनि अवलोकन ग¥यौं । 



भोलिपल्ट बिहानै चियापानपछि ठिनी पर्तिर ढुम्बाताल जाने भयौं । 

ढुम्बाताल गजबको रहेछ । हिउँदयाममा तालको पानी जमेर काइदाको हुने गर्छ । तालमाथि ठमठम हिड्न फाइदा हुने गर्छ । हामी जाँदा भने ढुम्बा ताल शान्त थिइन् । सायद, हाम्रो मन जत्तिकै ।



एकैछिन फोटो सेसनपछि हामी फक्यौं । लगत्तै मुक्तिनाथ प्रस्थान गर्नु थियो । फर्किदा ठिनीको एक गुफामा पनि छिरेका थियौं । गुफाको नाम मेरो माइन्ड रेकर्डमा रेकर्ड भएनछ । त्यसलाई यत्तिकै छोडिदिनोस् ।

ठिनीलाई बाइबाइ गर्दै हामी मुक्तिनाथतिर प्रस्थान ग¥यौं । बाटोभरि पनि उस्तै । हरियाली कही कतै देखिन्नथ्यो । बडो गजबको ठाउँ । मिस्टेरियस् । कहि कतै बोट बिरुवा नहुँदा पनि जाडो भने उखुमै हुने । क्या काइदा ! 

मुक्तिनाथमा यति अग्ला बिल्डिङ । बाफ्रे ! माथि हेर्दा टोपी नै खस्ला जस्ता । बिंग उभिएका थिए । तिनले हामीलाई नै हेरि रहेका थिए । मुक्तिनाथमा कुन्नि के जाति होटलमा बास बस्ने भयौं । पोको पुन्तुरो थन्क्याएर भुजा ज्युनार ग¥यौं । त्यो दिन मन्दिर उक्लेनौं । यार्तुङ मेला सुरु हुँदै थियो । त्यहाँ घोडचढी खेल हे¥यौं । तारो हान्ने । सबै थोक हेरेर त्यो दिन बितायौं । 



भोलिपल्ट, 

बिहानै मन्दिर उक्लिने कुरा भयो । 

मन्दिर जाउ न त के छ र, 

मन्दिर उक्लियौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जि पधारेपछि इन्डियन टुरिष्टको फ्लो नै बढेको रैछ नि त मुक्तिनाथमा । बाफ्रे कति धेरै आएका हुन् !

याद रहोस्, 

मुक्तिनाथ चढ्न हतार नगर्नुस् । तपाईको श्वास फुल्न सक्छ । मुटु फुट्न सक्छ । किनभने त्यहीका बासिन्दालाई त केही हुँदैन । तपाई हामी जस्तो बाहिरबाट गएकाहरुलाई अक्सिजनको कमी हुन सक्छ नि त । बिस्तारै चढ्नुस् हतार किस लिए ।

मुक्तिनाथको १ सय ८ धारमा नुहाउन मन थियो । तर, साह्रो जाडो रैछ नि हौ । मैले त सकिनँ । तपाइहरुले सके नुहाए भो । 

फोटो खिच्नुस् । फुलपाती चढाउनुस् । यत्ति गरेपछि तपाईको सबै पाप पखालिने छ । 

एकै छिनको फोटो सेसनपछि त्यहाँबाट हामी फर्कियौं । 

बेलुकीको लागि गुँड जोमसोम जानु थियो । त्यसको भोलिपल्ट त बिहानै पोखरा फर्किनुपर्ने । 

त्यो चिसो मरुभुमी बहुत गजबको छ । बेलाबखत म सम्झि रहेको हुन्छ । 

देखेको यत्ति नै हो । सबै कुरा लेखियो ।

फेरि भ्रमण गरियो भने थप मुलकात गरौंला नि त । अहिलेलाई यत्ति नै । केही फोटोहरु छन् । हेर्नुहोस्, मज्जा लुट्नुहोस् । 

यत्ति भन्दै सक्किन्छु, ...


पोखरा १४ चाउथे





 













Post a Comment (0)
Previous Post Next Post