'दिदी, यसपालि म आउन पाइनँ '

यसपालि तिहारमा घर गइनँ । 

अहिलेको तिहार खल्लो गरि मनाउछु भनेर पहिलेदेखि नै सोचेको थिएँ । हुन पनि अहिले समय नै यस्तै खल्लो छ ।
खल्लो गरेर मनाउछु भनेर भन्न त सजिलो । आफैलाई सम्झाउन गाह्रो रहेछ । बढ्दो महामारिले कोठादेखि बाहिर निस्किन पनि डरलाग्दो छ । एक पटक पिसिआर गर्दाको मानसिक यातनालाई सम्झेर बाहिर निस्किन पनि डराई रहेको छु । 

८, १० घण्टा लामो बाटोमा जोखिम मोलेर जाने हिम्मत गर्न सकिनँ । खल्लै, सही यो साल सहरमै तिहार मनाउछु । 



धन्न, 

यो झिलमिल बत्तिको उज्यालोले केही हदसम्म भए पनि कान्ति थपेको छ । बाहिरफेर हेरि रहेको छु । पर परसम्म भिलमिल बत्ति बलि रहेको छु । गाउँमा हुँदा चाडबाड आएपछि छुट्टै उमंग आउथ्यो । अहिले त यो बत्ति हेरेर थाहा पाएँ । 

लौ, तिहार आएछ । 
सहरलाई पनि पैले जस्तो तिहार त कहाँ लागेको छ र,
देउसी, भैलो खेल्न स्थानीय सरकारले रोकेको छ, यतातिर । यसपालि सरकारी निर्देशन अँटेर गर्दै देउसी भैलो खेले कारबाहीमा परिन्छ । सबथोक बिर्सेर तिहारे देउसी, भैलोमा बहलाउने मन बन्द कोठाभित्र बन्दी जस्तै हुने छ । कमसेकम, वर्षमा एकदिन चाडबाड आउथे । केही क्षणका लागि सही, घर त उजेलिन्थ्यो । मन त बहलाउथ्यो । कस्तो समय आयो, यस्तो ? कहाँबाट आयो ? समय उस्तै चल्दैन भन्ने त थाहा छ । तर, यति बिघ्न निर्दयी समय आउँला तपाइ, हामीले सायदै कल्पना गरेका थियौं । 

कोठाभित्रको सानो खटियाँमाथि बसेर ल्यापटपका किबोर्डमाथि औंलाहरु सलबलाइ रहँदा मेरो मन गाउँको त्यो सानै सही महल जस्तो मेरो झुपडीमा छ । म कल्पि रहेछु, बा आमा दिदीहरुको न्यानो स्पर्शमा लुटपुटिई रहेको छ । 
क्या दिन थियो, त्यो ।
दिदी तिमीलाई धेरै सम्झना । यसपालि म आउन सकिनँ ।
भाई आएन भनेर मन दुखाएकी हौली,... 

नदुखाए है,..
दाइलाई भाइ टिका लगाइ दिनु । मेरो सट्टा पनि उनैलाइ माया दिनु । के गर्नु समय नै यस्तो भै दियो । म यसपालि आउन सकिनँ । म आउन नसके पनि यो मन उतै तिर छ । बिर्सिएछ नभन्नु, दिदी । 'मेरा भाइका शत्रुको टाउको यही ओख्खर जस्तै फुटोस्' भन्दै तिमीले दैलोमा ओख्खर फुटाउथ्यौ । तिम्रो त्यही आशिषले होला दिदी, अहिलेसम्म सबथोक राम्रै भई रहेको छ । यो पालि तिम्रो आशिष मिस गरें । 

थाहा छ, तिमी सँगै नभए पनि तिम्रो आशिष म सँगै छ । यो वर्ष तिम्रो हातको टिका लगाउन नपाए पनि अर्को वर्ष पक्कै लगाउन पाउने छु । 

हेर न दिदी, 
तिमी र म भएर घर वरिपरि दियो बाल्दा पो तिहार तिहार जस्तै लाग्थ्यो । घर वरिपरि जतातै भिलिमिली देखेर कम्ता दंग पथ्यौं हामी । तिमी पनि कम्ता खुसी हुन्थ्यौं है, 

यता पनि भिलमिल त उस्तै छ । तर, किन केही नमिलेको जस्तो । केही नपुगे जस्तो लाग्ने । 
बरु, तिमी यतै आउ न हामी पहिले जस्तै गरि दियो बालौंला । 








 


Post a Comment (0)
Previous Post Next Post