चमेरे गुफाका चमेराहरु ...



आजभन्दा  ३ वर्ष   अघिको कुरा हो यो । भर्खरै बिहे भएको थियो हाम्रो । नव बेहुला थिएँ, म त्यतिबेला । बिहे गरेको दोस्रो महिना हुनुपर्छ त्यो । 

शनिबार पनि श्रीमती ज्यु को लागि समय निकाल्न पनि सकिई रहेको थिइनँ । खान न खुट्नको काम देखेर श्रीमती ज्यु वाक्क, दिक्क, प्याक्क हुनु भएको थियो । म देखि फायर हुनु भएको थियो । बम हुनु भएको थियो । 


यत्रो पोखराको सुन्दरता देखाउन पनि नपाइने । सधै कामतिरै कुदि रहनु पर्दा मेरो मन पनि खिन्न भएको थियो । श्रीमती जि को मनोदशा बुझेर पनि केही गर्न नपाउदा म साह्रै उदास भएको थिएँ । 


तेस्रो महिनामा बल्लतल्ल होल डे श्रीमती ज्यु सङ्ग बिताउने मौका जुर्‍यो । त्यो सिङ्गै दिन श्रीमती ज्यु लाई समर्पित गर्ने सुनी सकेपछि उनी पनि प्रफुल्ल भएकी थिइनँ । दङ्ग भएको थिइनँ । 


अरु ठाउँ घुमाउन नपाए पनि फेवाताल चाहिँ घुमाउन लागि रहन्थे । बेलुकी पख श्रीमती जि सङ्ग फेवा किनारमा टहलिदा छुट्टै इनर्जी आउथ्यो । हामी प्रत्येक साँझ न्युरोडसम्म पैदल हिडेरै फर्किन्थ्यौ । यो हाम्रो डेलि रुटिन जस्तै बनेको थियो । 


यो कुरा छोडौ । अब उतातिर लागौ, 


अँ, 


त्यो दिन श्रीमती ज्यु सङ्ग होल डे बिताउदै थिएँ । त्यो दिन सिङ्गै पोखरा घुमाउछु भनेर डेराबाट भुजा ज्युनार गरेर निस्किएका थियौ । 


कोठाबाट निस्केपछि श्रीमती जि लाई कुन ठाउँमा घुम्न जाने चाहना छ ? इक्षा जाहेर गर्न भनें । उसले शान्ती स्तुपा घुम्ने इक्षा व्यक्त गरि । 


२ जोडि पैताला सर्वप्रथम त्यतैतिर सोझिए । हामी शान्ती स्तुफातर्फ प्रस्थान गर्‍यौ । 


शान्ती स्तुपा पुगेपछि यताउती, वरपर, चारैतिर हेरेर श्रीमती ज्यु दङ्ग पर्नु भयो । छक्क पर्नु भयो । हुन त म पनि पहिलो पटक पुग्दा उनी जस्तै दङ्ग परेको थिएँ । त्यही दङ्ग परेको पोजमा उनको झन्डै २ दर्जन बढी फोटो खिचिदीएँ । उनको फोटो खिची दिएपछी उनले पनि मेरो फोटो खिच्ने इक्षा जाहेर गरिनँ । मलाई फोटो खिच्ने जाँगर चली रहेको थिएन । वास्तवमा मलाई फोटो खिच्न जत्तिको झेउलो काम अरु केही लाग्दैन । उनलाइ पनि त्यसै भने । 


तपाइलाई थाहै छ महिला जत्तिको शक्तिशाली कोही हुन्छ ? अन्तिममा मेरो केही जोर चलेन । उनले सिकाए अनुसारका पोज दिएँ । लगभग ४/५ दर्जन फोटो क्यामेरामा कैद भै सकेपछि अर्को ठाउँमा पनि घुम्न जाने मनशायले शान्ती स्तुपाको समय छोट्याउनुपर्ने संकेत गरे । 


शान्ती स्तुपा पुगेपछि गृहमन्त्रीमा शान्ती र कान्ति दुबै एकैचोटि छायो । अर्को ठाउँ पछि घुम्न जाने मनशाय व्यक्त गरिन् । मैले पनि त्यसै गरौं भने । 


शान्ती स्तुपामा केही समय थप शान्त बनेर बस्यौ । त्यहाँ हामीले आइसक्रीम पनि खायौ । 


... 


शान्ती स्तुपाबाट पैदल हिडेरै झर्ने श्रीमती जिले इक्षा जाहेत गर्नु भयो । मैले थप प्रश्न उठाइनँ । खासमा म होल डे उनलाइ खुसी बनाउन समय निकालेको थिएँ । पैदल हिडेरै छोरेपाटनसम्म झर्‍यौ । त्यो बेलामा म सङ्ग मोटरबाइक थिएन । त्यसैले पनि पैदल झरेका थियौ । हुन त अहिले पनि मेरो आफ्नो मोटरसाइकल छैन । 


पैदल यात्रा निकै रोमाञ्चक बनेको थियो । लगभग ४५ मिनेट लगाएर हामी शान्ती स्तुपाबाट पोखरा झरेका थियौ । 


छोरेपाटन बस स्टेशनमा आई पुगेपछि श्रीमती जि लाई थप कतै घुम्न मन लाएको छ छैन मनशुवा प्रकट गर्न लगाए । हुन पनि छोरेपाटन आइपुग्दा हामीसङ्ग निकै धेरै समय बाँकी थियो । 


केही समय अनकनाएर उनले महेन्द्र गुफा र चमेरे गुफा घुम्ने इक्षा जाहेर गरिन् । त्यसपछि हामी महेन्द्र गुफा जाने बस पक्डेर महेन्द्र गुफातर्फ हानियौ । शनिबारको दिन भएर पनि होला महेन्द्र गुफामा भिडभाड बाक्लै थियो । शान्ती स्तुपामा पनि भिड त उत्तिकै हो, महेन्द्र गुफा अलिक साँघुरो भएर पनि होला अलि बाक्लै भिड जमेको थियो । हामी भिड छिचोल्दै अघि बढ्यौ । भित्र करिब २५/३० मिटरसम्म छिरी सकेपछि फर्क्यौ । शान्ती स्तुपा जस्तो महेन्द्र गुफा श्रीमती जि लाई मन परेनछ क्यार ! त्यहाँबाट छिट्टै निस्कियौ । 


महेन्द्र गुफा आई सकेपछि चमेरे गुफा नजाने ? 

इम्पोसिबल । श्रीमती जिलाइ अब उतैतिर कुदाउनु थियो ।समय पनि निकै घर्की सकेको थियो । टिकट बन्द भै सकेकी भए जानू ब्यर्थ हुन जान्थ्यो । त्यसैले उनलाई द्रुत गतिमा अघि बढाएँ । 


थ्याक्स गड !


हामी पुग्दा टिकट घर बन्द हुनै आँटेको रहेछ । टीका लियौ फटाफट भित्र छिर्‍यौ । गेटबाट भित्र छिरी सकेपछि तपाइलाइ इकेक्ट्रीक लाइट दिइन्छ । पैले नै तपाइले यो गुफा भिजिट गरि सक्नु भएको छ भने त तपाइलाई थाहै छ । नजानु भएका साथीहरु, कृपया ध्यान दिएर सुन्नुस है ! त्यहा भएका चमेरा नभागोस भनेर त्यहाँ भित्र लाइट जडान गरिएको छैन । भित्र एकदमै अँध्यारो छ । 


अँ, यो फाल्तु कुरा भयो  । तपाइँले भिजिट गर्नु भयो भने यो जानकारी त्यही पाई हाल्नु हुन्छ । 


एकदमै अँध्यारो भएकाले उनी डराइन् । भित्र छिर्नु अघि एकदमै डराएकी थिइ । यसरी डराई डराई भित्र छिरी सकेपछि भने मज्जाको ठाउँ पुगिन्छ । तपाइँले जीवनभर कहि कतै नदेखेको चमेरा त्यहा देख्न पाउनु हुने छ । चमेराको ठुलो झुन्ड देखि सकेपछि भने उ निकै रमाई । मलाई लाइट समाउन लगाएर चमेराको फोटो खिच्न तम्सिइ ।



अहिले प्रायले लख काटेको सुनिन्छ, चाइनामा चमेराको मासु खाएर कोरोना भाइरस सुरु भएको रे ! सबैतिर डरको डेरा जमाई रहेको यो कोरोना भाइरस चमेराको मासु खाएर उब्जियो या अरु नै कुनै कारणले हो ☺️🙄 यसको वैज्ञानिक तथ्य त अझैसम्म पत्ता लाग्न सकेको छैन । तर, चमेरा गुफामा भने चमेराको यसरी संरक्षण गरेर राखिएको छ कि, त्यहाँ पुग्न लाग्ने समय बेकार खर्च भए जस्तो लाग्दैन ! 


... 

Post a Comment (0)
Previous Post Next Post