रत्न मन्दिरमा एक समय ...

फेवाताल किनारमा रत्न मन्दिर छ । तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा यो मन्दिर बनाएका रहेछन् । रातको समयमा टहलिदै जुनलाई नियाल्ने परिकलपना गरेर उनले यो मन्दिर बनाएका थिए रे !

वि.सं. ०१५ सालमा उनले यो मन्दिर बनाएका रहेछन् । 




देशमा जहानीयाँ शासन अहिले छैन । राज्यको उच्च ओहोदामा समेत जनताका छोराछोरी पुग्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरि सकेको छ । सिंहदरबारदेखि नारायाणहिटी दरबारसम्ममा सर्वसाधारण जनताले पाइला टेकि सकेका छन् । तर, फेवा किनारको यो रत्न मन्दिर भने सर्वसाधारणका लागि गुमनाम जस्तै छ । 

भ्रमण वर्ष २०२० को छेको पारेर गण्डकी प्रदेश सरकारले यो रत्न मन्दिर पनि सर्वसाधारणका लागि खुला गर्ने घोषणा गरेको थियो । 

बिडम्बना !

रत्न मन्दिर अहिलेसम्म पनि सर्वसाधारणको पहुँचमा आई सकेको छैन । रत्न मन्दिरमा सर्वसाधारणका पैतालाले अझैंसम्म टेक्न पाएका छैनन् । 



मेरो अहो भाग्य ! 

दुई वर्ष अघि रत्न मन्दिरमा मैले पाइला टेक्ने मौका पाएको थिएँ । रिपोर्टिङको क्रममा रत्न मन्दिर परिशरमा पुगेर यस्ता फोटो खिचिएको रहेछ । 

पुराना स्मृतिका पन्नाहरु पल्टाउँदै जाँदा यि मेमोरीहरु आई रहेका छन् । मेरा आत्मिय दाइ बिमल तिवारीसँग घुम्दै फिर्दै रत्न मन्दिरमा पुगिएको रहेछ । यसरी फोटो खिचिएको रहेछ । 

बुढाले फोटोको फ्रेम चैनै अलि कस्तो कस्तो गरि खिचिदिएछन् । मान्छे त म हिरो ने हो नि ! 

हैन, र !

...

अहिले त समय नै यस्तो छ । लेकसाइडमा पर्यटक पनि आएका छैनन् । रत्न मन्दिर तत्कालै नखुल्ला । ढिलो, चाँडो रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला होला । आशा गरौं !

रत्न मन्दिर खुलेपछि पोखरामा थप अर्को पर्यटकीय गन्तव्य पनि थपिन्छ नै ! अब आउने पुस्ताका लागि राजा शब्द नै ऐतिहासिक हो । रत्न मन्दिर नखुल्नुमा सुरक्षाका कारण पनि देखाइएको थियो । त्यो पनि ठिक हो । 

यो ऐतिहासिक महत्वको रत्न मन्दिरको अस्तित्व जोगाउनु त पर्छ नै ! यो हामी सबैको कर्तव्य हो । तर, पनि संरक्षण गर्नुपर्छ भन्दैमा बन्द गरेर राखेर मात्र त भएन नि ! होइन र !

आगे देखिए, रत्न मन्दिरका दुई चार झलक ...







Post a Comment (0)
Previous Post Next Post