अनामनगरमा एउटा चिठी आयो ...



तिम्रो नाममा यो पत्र कोर्दै गर्दा म निकै पूरानो गीत सुनि रहेको छु । हो, पुरानो निकै पूरानो । हाम्रो पुस्ताको गीत होइन यो गीत । 

सहर शान्त छ । मुर्दाघाट जस्तै । मुर्दा जस्तै सुतेको छ । लमतन्न । पर्दा उघारेर एकपटक जुनलाई हेर्छु । तिमी पनि त्यही जुन जस्तै त भै दियौ मेरो लागि ।

गीतका प्रत्येक शब्द शब्दमा, भावहरुमा तिमीलाई खोज्दै छु । तिमीलाई पनि थाहा हुनुपर्छ म कुन गीत सुनी रहेछु । तिमीलाई मिस गरि रहेको छु । मलाई थाहा छ, यो कुरा त तिमीले पनि बिर्सेकी छैनौं, पक्कै ! यो मेरो भ्रम पनि हुन सक्छ । 

भ्रम नै सही । मलाई यत्तिकै छाडि देउ । 

ए, तिमीले त छोडी सक्यौ !

... 

तिम्रो लागि पत्र नकोरेको पनि त धेरै भएछ । हुन त अब यो पत्रको कुनै अर्थ छैन । पत्र कोरे पनि तिम्रो सामुन्नेमा यो पत्र पुग्नै होइन । त्यसैले पनि मैले तिम्रो नाममा पत्र कोर्न कम गरेको छु । छोडेको छैन । बेलाकुबेला कोर्छु । पत्र लेखि सकाएर कुनै अनामपुरीमा पठाउने छु ।

यो पत्र पनि तिमी सामु पुग्ने छैन । पुगोस् भनेर पनि लेखेको होइन हुन त । यो पत्र लेख्नुको एउटै उद्देश्य हो । हाम्रो प्रेम यत्तिकै डेथ नभैदियोस् । कसै न कसैले त हाम्रो प्रेम पढोस् । कोही न कोहीले त हाम्रो प्रेम पढेर मन कुँडाउनै पर्छ । वाह ! भनोस् या कठै ! भनोस् । जे सुकै भनोस् । केही न केही भन्नै पर्छ । गर्नैपर्छ । कथाकारले यो पत्र हात पारेछ भने कथा बनाइ लेखिदियोस् । कुनै गीतकारले भेटेछ भने गीत बनाएर गाइदियोस् । कुनै फिल्म निर्माताले भेटेछ भने यसमा राम्रो फिल्म बनाओस् । नत्र त यो पत्र लेख्नुको कुनै तुक नै रहेन नि ! होइन र !

...

ल, सुन्नुस् । 

यस्तो थियो हाम्रो पिरती । कुनै सिनेमाको भन्दा कम्ता थिएन । यसो भन्दा तपाईलाइ यो पत्र पढ्न चाख लाग्ला । 

ऊ र म एउटै धर्ती । एउटै आकाशमुनीका । तर, न कहिले भेटेको थिएँ उसलाई । न कैले देखेको । यस्तो मान्छेसँग कसरी लभ खेलियो ? 

यो प्रसंग झनै रोचक छ । खासमा, यहाँनेर पो छ हाम्रो प्रेमको ट्वीस्ट त । कान अलि चनाखो पार्नुस् । आँखा अलि ठूला पार्नुस् । ‘हाम्रो पहिलो भेट त सपनामा भएको थियो नि !’ पत्याउनुहुन्छ ? नपत्याए पनि साँचो कुरा यहीं हो क्यारे !

हाम्रो पहिलो भेट सपनामा भएको थियो । म पनि उसको सपनामा पुगेछु । ऊ पनि मेरो सपनामा आएकी थिई । अर्को अचम्म त के छ भने, एउटै मिती, एउटै गते, एउटै बार, उही समय, उही ठाउँ सबथोक मिलेको थियो । 

कस्सम्, ढाटेको भन्ठान्नु होला । 

सपनामा जे जे देखियो । दुवै जनाले उही कुरा देख्यौं । सब थोक ठिट्टो मिलेको हौं, मै चकित परेको थिएँ । तपाई झन किन नपर्नु !

यसरी, सपनामा भेटिएका हामी बिपनामा कसरी भेटियौं ? यसको झन लामो कहानी छ । 

सपना सपनै हो । बिपनामा कहिले पूरा हुन्न भन्ठानेर बिर्सि दिएको भए । सायद, हाम्रो भेट कहिले हुँदैन थियो होला । यो चोट पनि हुन्थेन् । यो छट्पटी । केही हुन्थेन होला ! तर, जे नहुनु थियो । भयो । राम्रै भयो । ऊ सँग भेटै नभएको भए । लभै नपरेको भए । यो कथा मैले तपाईहरुलाइ कथा सुनाउनै पाउने थिइनँ होला ! हैन त । 

तपाईलाइ थाहै छ त यार, बनावटी कथाहरु कति झुर हुन्छन् । वास्तविक । साँच्चै रियल लाइफमा घटेको घटनाले पो मान्छेलाई छुन्छ । 

खै, अनायासै कसरी छुट्यो हाम्रो सम्बन्ध ? 

जिन्दगीको स्टेयरिङ त सम्हालेरै चलाएको थियौ । घुम्ति, निकै अपठ्यारो परेछ क्यारे ! 

तिमी हाम फाल्यौ । बच्यौ । स्टेयरिङ सम्हाल्छु भन्दाभन्दै म त त्यतैकतै डुबी गए छु । 

...

अहिलेलाई यतै बिट मारौं । अब म यो पत्र मेरो ब्लगमा पोष्ट् गर्छु । तपाईले पढ्नुस् । खुब, इन्जोय गर्नुस् । 

यदी, तपाईलाई मन प¥यो । कथाले छोयो भने, मलाई कल गर्नुस् । मेसेज गर्नुस् । कथा मन प¥यो भन्नुस् । अनि, बल्ल बाँकी प्रेम पत्र पढ्न पाउनुहुन्छ है त । 

अहिलेलाई बाई ....

😝😝
Post a Comment (0)
Previous Post Next Post