भदौरेबाट `हेल्लो´


बाहिर झमक्कै अँध्यारो छ । अल्लि अघि सम्म जुनको मसिनो पर्दा देखिदै थियो । अहिले आकाशमा दुई चार वटा मात्रै तारा देखिएका छन् । पञ्चासे डाँडाबाट चिसो स्याँठ मज्जासँग चली रहेको छ । 

म यतिबेला भदौरेमा छु । बेलुकी ५ बजेतिर मेरा पैतालाले भदौरे टेकेका हुन् । अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा ज्याद्रो चिसो छ । अलि अघि नै जानकारी गराउछु भनेको नेट डाम्नोले नचलेर ल्याङ गर्‍यो । भोली, म पञ्चासे पुग्छु । 

मित्र दीवस गुरुङको गाउँ हो, भदौरे । मेरा अत्यन्त घनिष्ठ मित्र हुन्, दीवस । दीवस जि लाई पछ्याउँदै म भदौरे आइ पुगेको छु । दीवस जि कोरोनाकाल पछि यतै छन् । बेलाकुबेला पोखरा खाल्डोतिर झर्छन् । मलाई च्या खान डाँक्छन् । 

यी आत्मीय मान्छे सँग पनि मेरो नजिकको सम्बन्ध छ । यिनको बारे सबिस्तार पछि वर्णन गरौला । अहिलेलाई छुट्टिऔ, है त । 

किनभने, मोबाइलबाट यो ब्लग लेख्दै छु । वाइफाइ छैन । मोबाइल डाटाबाट अनलाइन छु । त्यो पनि एकदमै स्लो छ । बाँकी कुरा भरे भोलि गरौला है त ! गुड नाइट ! 

Post a Comment (0)
Previous Post Next Post