‘च्या ख्वाउने साथी’



टाइटल पढ्ने बित्तिकै तपाई अचम्ममा पर्न सक्नु हुन्छ । अचम्ममा नपर्नुस् । यस्तो साथी तपाईका जीवनमा पनि थिए होला  ! छन् । 

चिया जति नजिकको साथी तपाईको सायदै कोही छ ? 

जनता जान्न चाहन्छन् ! 

भनेर सोध्न मिलेन । होलान् । यो मेरो अनुमान हो ।

              

..

मेरो पनि चियासँग नजिकको सम्बन्ध छ । नजिक भन्दा पनि नजिक । एकदम नजिकको सम्बन्ध छ । 

चियालाई मैले कहिले पनि नेग्लेक्ट गरेको छैन । सधै प्रेम गरेर, मेरो शरीरको प्रत्येक अंग अंगमा चियालाई प्रेमपूर्वक, बडो सावधानी अपनाएरराखेको छु । । चियासँग अनेक किस्सा पनि जोडिएका छन् । यो त्यति अनौठो कुरा होइन । तर, पनि तपाईलाइ अनौठो लाग्न सक्छ । अनौठो नमान्नुस् । 

तिनताका चिया साह्रै महंगो थियो । आधीको पनि आधी कप । त्यो पनि पानी मिसाएको दुध । अलिकति पानी । अलिकति चिनी । अलिकति चियापत्ति मिसाएर एक पटक उमाल्ने बित्तिकै चिया बन्छ । यो त तपाईहरुलाइ पनि थाहै छ । अब म तपाईहरुले थाहा नपाएको कुरा भन्छु । 

ल, सुन्नुस् है त !

अँ, म के भन्दै थिएँ । तिनताका चियाको मुल्य साह्रो महंगो थियो । अहिलेको सुनको भन्दा पनि बढी । अचाक्ली महंगो । एक कप चियाको मुल्य तिर्न पनि नसकेर चियाको तलतल बोकेर म भौतारिई हिड्थें । तपाईलाइ थाहा छ चियालाई म असाध्यै माया गर्थे । एक कप चियाको मात्रै पिउन पाए, मैले सबैलाई बिर्सिन्थे । चिया मेरो लागि साह्रो मुल्यवान थियो । मैले पैसा केही चिजमा खर्च गर्थे भने त्यो चियामै थियो । त्यो जमानामा अर्थोकमा खर्च गर्न मेरो मन चुकचुकाउथ्यो । तर, चियाको लागि पैसा खर्च गर्न भने म साह्रो मनकारी थिएँ नि ! त्यो जमानामा ।

आजभन्दा ६ वर्ष अघिको कुरा हुनुपर्छ । तिनताका म ब्याचलर फष्र्ट इयरको विदार्थी थिएँ । भक्कु पढनदास् हो । गाउँबाट लास्टै पढ्छु भनेर आएको थिएँ । पढ्थें ।

...

गाउँबाट सहरमा पढ्छु भनेर आएको । अनावश्यक फुर्माइस गर्न त पैसै पुग्दैनथ्यो । हुन त अर्थोकैका लागि खर्च गर्न पनि पैसा त कम्ति नै पथ्र्यो । यो कुरा यही छोडौं । यसलाई वास्तै नगरौं । अहिले चियाको कुरा चल्दै छ नि त !

त्यस्तै जेठ महिनाको बिहान हुनुपर्छ त्यो । एक्जाम प्रिपेयरको लागि कलेज बिदा भई सकेको थियो । लाइफ फ्रि थियो । बिन्दास थियो । परीक्षा केन्द्रमा प्रवेश गर्नको लागि प्रवेश पत्र लिन कलेज जानु थियो । ८ बजे देखि ९ बजेसम्म  पुस्तकालयमा प्रवेश पत्र लिन पुग्नु पर्ने उर्दी कलेजले अफिसयल फेसबुक पेज मार्फत जारी गरेको थियो । 

कुँडहर फाँटको चिसो स्याँठ खाँदै एकाबिहानै भद्रकाली कलेज पुगेको थिएँ, त्यो बिहान । केटाहरु पहिले पुगी सकेका थिए । केटीहरु झन पहिलै पुगेका रहेछन् । म अलि अन्तिमतिर पुगेको रहेछु । कलेज लाइफ हो सबैको हालत उही थियो । भुक्का टुरिष्ट थियौ सबैजना । तैं पनि एक न एक जना अघि सथ्र्यो चिया खुवाउन । त्यो दिन त्यो मनुवाको दिनै खराब भै जान्थ्यो । मेरो विचारमा त्यो मान्छे कैयौं दिनसम्म त्यो पैसा सम्झेर मन खिन्न पाथ्र्यो । किनभने मलाई पन ियस्तै हुन्थ्यो !

यो ग्रुपमा चियाको पैसा तिर्न धेरै जसो अघि सर्ने, ग्रहदशा अलि बढी नैबिग्रेको मान्छे थियो सागर गुरुङ अर्फ साकार गुरुङ । त्यो मनुवा गिटारका तारमा खुब मस्तसँग औलाहरु चलाउथ्यो । राम्रा राम्रा धुनहरु निकाल्थ्यो । सबैलाई मोहित  पाथ्र्यो । 

बा रिटायर्ड आर्मी थिए । बुढाको स्वभाव पनि लाहुरे पाराकै थियो । बुढोलाई नजिकबाट राम्रोसँग नियाल्न पनि डरै लाग्थ्यो हौं । भो, यो डर मर्दो कुरा नगरौं ।

अँ, त्यो मनुवाको पछि पछि त एक महिनामा दुई÷चार दिन पनि दिन राम्रो रहेन । सधै जसो चियाको बिल उसैले उठाउनुपर्ने भयो । सुरुमा छैन छैन भने पनि पैसा उसैले निकाल्ने भयो । छैन भने पनि यो सँग पक्कै पैसा छ भन्ने नै हुन्थ्यो । हुन्थ्यो पनि त्यस्तै । कलेज बिदा भएकाले उतिसाह्रो भेट पनि भएको थिएन । चिया गफ पनि भएको थिएन । 

प्रवेश पत्र बोकेर सबै लाखापाखा लागे । आ–आफ्नो बाटो समाए । अर्का एक जना मित्र सिजन, म र त्यो ग्रहदशा बिग्रको मान्छे मात्रै भयौं । कलेजको प्रवेशद्वारबाट निस्कि सकेपछि केटोले पक्कै चिया पिलाउछ भन्नेमा ढुक्क थिएँ । थियौ । 

सुरुमा चिया खुवाउन आग्रह गरि सकेपछि त्यो ग्रह बिग्रको मान्छेले पैसा छैन भन्यो । पछिल्लो सयमा यो उसको थेगो नै बनि सकेको थियो, कमसेकम हाम्रो लागि । 

‘सधै यसै भन्छ । यो सँग पक्कै पैसा छ’ यही मनसुवाले चियापसल भित्र छिरि हाल्यौं । टेबल कुर्सि मिलाएर चिटिक्क पारेर भाईहरु के खाने भन्दै साहुजी अघिल्तिर ठिंग उभिएर अर्डर माग्दै थिए । जाडोले हात पनि कक््रयाककुक््रmुक्क परेका थिए । चियाको तलतल पनि बढ्तै लागेको थियो । 

साहुजी अर्को ग्राहक आएकले बोलाएर उतैतिर हानिए । त्यो हाम्रो नियमित जक्सन जस्तै पनि बनेको थियो । म काउन्टरमै गएर चिया अर्डर गर्छु भनेर काउन्टरतिर लागेको मात्रै के थिएँ, केटाहरु ज¥याकजुरुक उठेर बाहिर निस्किए । 

म छक्क । तिनछक्क पर्दै ‘के भो के भो भन्दै’ म पनि बाहिर निस्किएँ । भएछ के भने, त्यो ग्रह बिगे्रको मान्छेसँग पनि चियाको बिल तिर्ने पैसा रहेनछ ।  बाहिर आएपछि पो थाहा भयो । आज केटाहरुले खुवाउलान् भनेर उसले नाइँ भन्न नसकेको रहेछ । 

यो ब्लग लेख्दै गर्दा त्यो ग्रह बिगे्रको मान्छे । चिया खुवाउने साथीलाई खुब मिस गरि रहेको छु । त्यो दुखी मनुवालाई खुब चिया खुवाउने मन छ । त्यै मियाँपाटन चोक छेवैको चियापसलमा । 

तर, दुखको कुरा कति गर्नु !

त्यो दुखी मनुवालाई चिया खुवाउन अहिले पनि म सँग खल्तिमा २० रुपैयाँ छैन ।


Post a Comment (0)
Previous Post Next Post