हिंडियो उकाली, लट्ठीको कन्तबिजोग !



अघिल्लो हप्ता म ट्रेकिङमा थिएँ । २५ सय मिटर उचाईको पञ्चासे ट्रेकिङमा सँगै थिए, मित्र दिवस जि र भाई सुरेश ।

खासमा सहरको उराँठिलो जीवन बिर्सन म ट्रेकिङमा थिएँ ।

...

घुर्मैलो घाममा भदौरे पुगें । दिवस जि म पुग्नु अघि नै मलाई स्वागत गर्न तम्तयार बनेर बसेका थिए । बसबाट ओर्लने बित्तिकै हँसमुख स्वभावका दिवस जि ले हात ठोक्काए । 

त्यसपछि हाम्रा पैताला दिवस जि को नीजि घरतिर अघि बढें । घर पुग्दा पञ्चासेको डाँडो हुँदै घाम तल तल झर्दै थियो । बा’आमा बाहिर जानु भएको रैछ । दिदी हुुनुहुन्थ्यो घरमा । दिदीलाई नमस्कार टक््रmाएँ । भान्जा भाञ्जिहरु आँगनमा खेलि रहेको थिए । लोकल कुखुराँको भाले पिढींमाथि उभिएर बाँसि रहेको थियो । यतिबेला भने मैले आफ्नै घर(गुल्मी) आएको फिल गरें । 

त्यो दिन त्यत्तिकै बित्यो । साँझको खाना खाएर सुत्यौं (पञ्चासे ट्रेकिङबारे लेख्दै छु) । 

...

भोलिपल्ट, 

बिहान ५ बजेको अलार्म लगाएर सुतेका थियौं । अलार्मले घण्टी लगाउने बित्तिकै ब्युँझि हाले । दिवस जि लाई झक झकाएँ । 

उठेर दिवस जि चिया बनाउन तिर लागे । म पञ्चासे उक्लिने तयारी गर्न थालें । साढे पाँच बजेको हुँदो हो । हाम्रो यात्राको साथी हुँदै थियो । भाई सुरेश बि.क. । सुरेश राम्रो फुटबल प्लेयर पनि रहेछ । मेरो लागि त ऊ नौलो नै थियो । यात्रामा पहिलो पटक भेट भयो ।

...

उज्यालो भएकै थिएन । 

हामी निस्कियौं । लाइट बालेर माथिसम्म निस्केपछि पूर्वमा घाम रातो भएर देखियो । सुरेश भाईले अझैं हाइटमा पुग्न सके मज्जाको सनराइज देख्न पाइन्थ्यो भन्दै थियो । हामी सक्दो माथि उक्लिन खोजि रहेका थियौं । साथीहरु छिटो छिटो हिड्न सके पनि मलाई भने श्वास बढ्न थालि सकेको थियो । ४, ५ सय मिटर जोस्सिएर हिडें पनि उही गति मैले कायम गर्न सकिनँ । 

अलि माथि पुगेपछि सुरेश भाईले निगालो लट्ठी भेट्यो । उसले पैले नै मेरो लागि लट्ठी चाहिएको बुझि सकेको थियो । उकालोमा लट्ठी भेटिएपछि अर्थोक के चाहियो ? फुरुंग हुँदै उकालो चढ्न थालें । 



उकालो चढ्दा ओर्लदा मेरो के हबिगत भयो ? 

मैले टेको लट्ठीको यो गति भए, मेरो के गति भएको थियो होला ? 

अब तपाई नै अनुमान लगाउनुस्,...

पछिल्लो ब्लगमा सुनाउछु है त, 


दिवस जि दायाँ, सुरेश भाई बिचमा, बायाको म  


Post a Comment (0)
Previous Post Next Post