`प्रेम´ नाम एक, गर्ने तरिका अनेक



गाउँतिर यसरी आफ्नो प्रेमी/प्रेमिकासँग नाम जोडेर लेखेका पिपल/समिको रुख धेरै भेटिन्थे । कसैको अफेयर चलेको चाल पाए उनीहरुको नाम जोडेर यसरी नै लेखिन्थ्यो । `कुनै दिन म पनि यसरी नै जोडेर नाम लेख्छु,´ मनमनै सोच्थे । तर, लेख्न पाइएन । मेरो रहर रहरैमा सिमित रह्यो ।



कालान्तरमा, 

फेसबुकले प्रेम दर्शाउने यो तरिका, विस्थापित नै गर्‍यो ।  म सोच्थे, समय संगसंगै प्रेम गर्ने तरिका पनि फेरियो । मान्छेहरू फेसबुके मायामा बढी  लिप्त भए । 


धेरै पछि । फेवा किनार छेउ यसरी समिको रुखमा नाम लेखेको देखे । यो सब देखि सकेपछिको मेरो सोचाइ, प्रेम गर्ने तरिका फेरिएको होइन रैछ । समय जति सुकै बदलिए पनि आदर्श प्रेम गर्नेहरू पनि रहेछन् । प्रेम गर्ने तरिका नबद्लिएको रहेछ । यो देखेर म पनि आफ्नो प्रेमील संसारमा डुबुल्कीएँ 😂😂



तपाईंहरु पनि पिपल /समिको बोटमा यसरी नाम लेख्नुस् , ल ! तपाईं हाम्रै जिम्मेवारी हो नि साँचो प्रेमलाई जोगाई राख्ने ।



#डायरी 

Post a Comment (0)
Previous Post Next Post