मृत्यु अघि थियो त्यो रात ...



कुरा अघिल्लो वर्षको हो । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को पहलमा पत्रकारहरुलाई जैविक विविधता तथा वन्यजन्तुसम्बन्धि तालिम दिदै थियो ।
तालिम पनि कस्तो भने फिल्डमै जानुपर्ने । अर्को, कास्कीको नयाँ पुल, छोम्रोङ भएर जाने पदमार्ग चर्चित बने पनि म्याग्दीको नारच्याङ भएर जाने पदयात्रा ओझेलमा परेको थियो । त्यसलाई पनि प्रवद्र्धन गर्ने भन्ने रहेछ । 

एक हप्ते लामो तालिम । त्यो पनि फिल्डमै ! सुनेरै रोमाञ्जक बनेको थिएँ । नाईं, भ्याउदीनँ, जादिनँ भन्ने त कुरै आएन ।
जाने हो ? भन्ने बित्तिकै ‘ओक’ भनि हालें ।


२०१९, जुन ५

पोखरा स्थित एक्यापको कार्यालयबाट गाडी चढियो । यात्रा थियो म्याग्दीको ‘नारच्याङ’ गाउँसम्म । नारच्याङबाट भोलिपल्ट पैदल अन्नपूर्ण हिमालतर्फ उक्लिने पहिले नै तय भई सकेको थियो ।


यात्रामा मनाङ, मुस्ताङ, लमजुङ र पोखराका पत्रकार साथीहरु थिए । म्याग्दीका साथीहरु म्याग्दी मै भेंटिने कुरा थियो । अन्नपूर्ण पदमार्गको छोमरोङसम्म पुगे पनि त्यो भन्दा माथि उचाईंमा पुग्न पाएको थिइनँ । यो पटक भने अन्नपूर्ण हिमालमै पैतालाको डोब राख्न पाइने सोचेरै हौँसिएको थिएँ ।


एक्याप कार्यालयबाट म र एक्यापमका सूचना अधिकारी समेत रहेका संरक्षण अकितृत ऋषि बराल, अर्का संरक्षण अधिकृत शैलेन्द्र यादव दुई वटा गाडीमा हिडेका थियौं । अरु साथीहरुलाई बाटोमा पिक अप गर्दै अघि बढ्यौं ।
काँडेमा एकै छिन खाजा खान गाडी रोकिए पनि अरु ठाउँमा गाडीले कतै ब्रेक लगाएन । दिउँसोको १ बजेको हुँदो हो, बेनीमा खाना खाएर नारच्याङमा गाडीले ब्रेक लगाउन पुग्यो ।
ब्याग कोठामा थन्काई सकेपछि एकै छिन रेस्ट ग¥यौं । कहिले रात पर्छ र उज्यालो होला ! अनि, बेसक्याम्पतिर अघि बढौंला भनेर हुँटहुँटिई हरेको थिएँ । एकै छिन रेस्ट गरि सकेपछि खाजा तयार भयो । खानको लागि बोलाइयो ।
खाजा खाई सकेपछि सबै साथीहरुलाई जम्मा पारेर जैविक विविधता र अन्नपूर्ण संरक्षित क्षेत्रमा पाइने जिवजन्तुबारे एक्यापका ऋषि बराल र शैलेन्द्र यादवले ओरियन्टेसन क्लास लिए ।
ओरियन्टेसनमा पत्रकार साथीहरु जिवजन्तुबारे जानकार नहुँदा ‘मिस इन्फर्मेसन’ आएको भन्दै दुख मनाउ पनि गरें । जैविक विविधता र केही जनावरका जानकारी भएका किताब पनि सबैलाई दिइयो । ओरियन्टेसन उपलब्धिमुलक नै रह्यो । यत्तिकैमा रात प¥यो । खाना खाई सकेपछि बिहानै यात्रा तय गर्नु पर्ने भन्दै सबै जना सुति हाल्यौं ।

६, जुन

भोलिपल्ट,
जति उचाईंमा पुग्यो । अक्सिजन कम हुने हुँदा श्वासप्रश्वासको समस्या हुने भएकाले सबैलाई होसियार रहन एक्यापका ऋषि र शैलेन्द्रले सजग गराउँदै थिएँ । नारच्याङका स्थानीय पनि त्यसै भन्दै थिए । पहाडमै हुर्किएको मलाई केही हुन्न, सोचेर उति साह्रो डर मानिनँ । बरु, कति बेला यात्रा सुरु होला र अघि बढौंला भन्ने मात्रै सोचाईं थियो । नारच्याङका स्थानीयहरु पनि हाम्रो यात्राको सह—यात्री हुँदै थिए । फूलमाला र अबिर लगाएर त्यहाँबाट बिदा गरियों ।


नारच्याङमा हाइड्रो प्राजेक्टको काम पनि चलि रहेको हुनाले केही माथिसम्म (गाडी जाने ठाउँसम्म) गाडीमै जाने कुरा भयो । कोचाकोच भएर गाडी चढ्यौं । गाडी अघि बढ्यो ।
हाइड्रो प्रोजेक्टको लागि अग्लो भीत्ता खोपेर बाटो बनाइएको रहेछ । जनु हेर्दा मात्रै पनि आङ सिरिङ्ङ भएर आउथ्यो । जति माथि चढ्दै गयो । बाटो उति डर लाग्दो थियो ।


गाडीबाट ओर्लि सकेपछि आ—आफ्ना सामान बोक्यौं । उकालो चढ्न लठ्ठी भएपछि सजिलो हुन्छ भनेर लठ्ठि पनि भाँच्यौं । त्यसपछि ‘नर्थ अन्नपूर्ण बेसक्याम्प’को यात्रा सुरु भयो । उत्साहित नै थिएँ । सबै जना रमाइलो गर्दै अघि बढ्दै थियौं । बिच बिचमा सेल्फी लिने देखि फोटो पनि लिँदै थियौं । उकालो चढ्दै जाँदा हिड्न नसक्नेहरु बिस्तारै छोडिँदै थिए । मनाङ र मुस्ताङका साथी नविन लामिछाने र अशोक थकाली सबैभन्दा अग्र पंक्तिमा थिए । अरुभन्दा अशोकसँग उमेर मिल्ने हिसाबले पनि ऊ सँगै अघि बढ्न मज्जा लागि रहेको थियो । त्यसैले म पनि सकि नसकि उनीहरुकै पछि लाग्ने कोसिसमा थिएँ । पछ्याई रहेको थिएँ । हामी निकै बेर रोकिएर अरु साथीहरुलाई पर्खिन खोज्दा पनि उनीहरु हामीलाई भेट्न सकि रहेका थिएनन् । हामी पनि निरन्तर अघि बढी रह्यौं ।


१४ सय मिटर हाइटमा पुगे पछि फाप्रे (हिउँको थुप्रो) देखियो । करिब १०० मिटर पर । यसअघि कहिले पनि आँखै अघि हिउँ नदेखेको फाप्रेको थुप्रो देख्दा पनि खुुसीको सीमा नै रहेन । उकालो चढ्दाको सबै थकान बिर्सेर बेतोडले फाप्रेतिर हानिएँ । खुसीले अघिको सारा थकान पनि बिर्सि सकेको थिएँ । फाइनल्लि फाप्रेमा मेरो पदचाँप प¥यो । खुसीले त्यहीँ तिन बित्ता उफ्रिँदै नाच्न थालें ।


मोबाइल झिकेर फोटो खिचें । फोटो मात्रै कहाँ, एकै छिन त फाप्रेमै सुतें । यो पनि मेरो जिन्दगीको गन्न लायक खुसीको क्षण थियो । त्यहाँ मैले आफ्नो नाम पनि लेखें ।



करिब १ सय मिटर उक्लि सकेपछि आजको बास त्यही ठाउँमा बस्ने निधो भयो । पदमार्ग बनाउने काम पनि भई रहेको थियो । टेन्ट पहिले नै तयारी अवस्थामा थियो । ब्याग बिसाएर एकै छिन पसिना ओभाउन दियौं । त्यतिञ्जेलसम्म अरु साथीहरु पनि आई सकेका थिए ।
त्यतिञ्जेलसम्म त भोक पनि दह्रै लागि सकेको थियो । ड्राइ फुट (चाउचाउ, बिस्कुट) ब्यागबाट झिकेर चपाउन थाल्यौं । अरु साथीहरु खाना तयार पार्ने तयारीमा थिए । म भने एकै छिन सुत्नु प¥यो सोचेर स्लिपिङ ब्याग भित्र छिरें ।

खाना खान उठाउँदा झमक्कै अँध्यारो भई सकेको थियो । यताउति हेरें । सबै जना के के कुरा गरेर रमाइलो गर्दै थिए । निद्राबाट ब्युँझिदा त मलाई श्वास फेर्न एकदमै गाह्रो भई रहेको थियो । छाती एकदमै दुख्न थाल्यो । श्वास लिँदा पनि फ्याँक्दा पनि छाती दुखेर मर्नु भएको थियो ।


त्यतिञ्जेलसम्म मलाई एकदमै गाह्रो भई रहेको थियो । खाना खान प्लेटमा लिएँ । तर, खानेकुरा भित्र छिर्दा पनि दुखि रहेको थियो । त्यतिञ्जेलसम्म मलाई लेक (हाइ अल्टिच्युट) लागि सकेको रहेछ ।
खाना खान पनि सकिनँ । नसकेर फ्याकें । प्लेट सफा गरेर थन्काई सकेपछि टेन्ट भित्र छिरेको मात्र के थिए । एकदमै गाह्रो भयो । आफूलाई थाम्न पनि नसकेर म त्यहीँ लडें । साथीहरु सबै जना आत्तिई रहेका थिए ।

मनाङका पत्रकार नविन लामिछाने, लमजुङका पत्रकार आश गुरुङ र एक्यापका ऋषि बराल, शैलेन्द्र यादव । दुभाग्र्य म यही ठाउँबाट फकिएको थियो । यो भन्दा माथि उक्लिन सकिनँ ..


लौ न के भो के भो …
सबै जना मिलेर मेरो हात खुट्टा मिच्दै थिए । सकभर मलाई न्यानो पार्न लाग्दै थिएँ ।
मलाई झन झन गाह्रो भई रहेको थियो । म अहिले पनि सम्झि रहेछुँ कृष्णमणी र सन्तोष दाइले त्यतिबेला खुबै ख्याल गरेका थिए । ऋषि सर प्रति पनि उत्तिकै ऋणी छुँ । टिमुर र तातो पानीले गर्मी बनाउछ भनेर मलाई खान दिइयो । त्यतिञ्जेल मलाई केही सजिलो फिल भएको थियो ।
त्यही बसि रहनु थप खतरनाक हुन सक्ने भनेर दाईहरु डराए । त्यसपछि मलाई रातारात तल झार्नु पर्ने कुरा भयो । करिब ११ बजेको हुँदो हो । कृष्णमणी र सन्तोष दाई अनि ऋषि सर र म तल ओर्लियौं । करिब २ सय मिटर तल ओर्लि सकेपछि केही सहज फिल भयो । त्यहाँ पदमार्ग बनाउनेहरु गुफामा सुति रहेका थिए । हामी पनि त्यहीँ रोकियौं ।
त्यहाँ ओर्लि सकेपछि श्वास फेर्न अलि सजिलो त भयो । तर, रातभर पेट भने एकदमै दुखि रह्यो । रातभर दिसा गर्न निस्कि रहें । म उठेको थाहा पाउँदा सन्तोष दाई पनि साथी बनेर उठी रहें ।
बिहान पख एक जना पदमार्ग बनाउने साथीलाई मेरो जिम्मा लगाएर दाईहरु माथि तिरै उक्लिए । म उनको पछिपछि लागेर तलतिर झरें ।


यो मेरो अविस्मरणीय यात्रा थियो । पछि बल्ल थाहा पाएँ, पसिनाले निथ्रुक परेको कपडा चेञ्ज नगरेकाले पो मलाई गाह्रो भएको रहेछ । त्यसमाथि हिँडाइको स्पिड पनि बढी नै बनाएको थिएँ । मनाङ, मुस्ताङमा बसेका साथीहरुको दाँजोमा हिँड्दा मलाई गाह्रो बनाएको रहेछ । जनु पछि मात्र थाहा पाएँ । हिमाली भेगको यात्रामा विशेष सावधानी अपनाउनु पर्छ थाहा थियो । तर, म आफैंले त्यो सावधानी अपनाउन बिर्सेको रहेछु । हेर्नुस्, त थाहा हुँदाहुँदै पनि सावधानी नअपनाउदा कस्सो मलाई ! त्यसैले हिमाली भेगको यात्रा गर्दा विशेष सावधानी अपनाउनुस् है !

नर्थ अन्नपूर्ण जाने बाटो
फाप्रे(हिउँको थुप्रो)माथि म । जसले मलाई हौस्यायों । खुसी बनायो ।


(एक वर्ष अघि नर्थ बेस क्याम्पको यात्रामा गएको थिएँ । तर, बिडम्बना ! बिचैबाट फर्किनु परेको थियो । त्यसैको संस्मरण एकपटक लेख्छु भनेको थिए । लेख्छु भन्दाभन्दै एक वर्ष बितेको पत्तै भएन । संयोग बल्ल आज जुरेको रहेछ । बिहानी समय… अ, साँच्चि मृत्युको मुखै अघि आएको बेला मलाई ख्याल गर्ने नर्थ बेसक्याम्पको यात्रामा रहेका सबै सबै साथीहरु । विशेष आभार, सन्तोष अधिकारी, कृष्णमणी बराल र ऋषि बराल । जसले मलाई मृत्युको मुखबाट बचाउन धेरै प्रयत्न गरेका थिए । आत्तिएका थिए । र, मलाई रातारात २ सय मिटर तल झारें । म ऋणि छुँ ।)

Post a Comment (0)
Previous Post Next Post