डुंगाहरु...

न हिउँद भन्न पायौ

न बर्खा नै 

आँधी हुरि केही नभनि 



बस्, 

गुपचुप गुपचुप

यात्रु पर्खेर बस्यौ 

ए, 

डुंगाहरु हो

यो एकलास ठाउँमा 

आफूलाई कसरी उभ्याँइ रहन 

सक्छौ हँ ?

मान्छेलाई जस्तै 

तिम्रो पनि त मन छ होला

तिम्रो पनि त रहर छ होला 

किन केही नभिनी

केही नबोलि 

पानीमै तैरि बस्छौ ?

कति अरुलाई मात्रै तारि बस्छौ ?

कहिलेकाही तिमी पनि निस्क न 

यो एकलास ठाउँदेखि


Post a Comment (0)
Previous Post Next Post