एकान्तपुरमा, ...

एकान्तपुरमा, ...

यो सपना मैले धेरै चोटी देखि सकें । दोहोरिदैं, तेहेरिदैं मष्तिष्कमा आई रहेकाले यो सपनाको धेरै जसो भाग पनि मलाई कण्ठ भै सक्यो ।

सपनामा, 

म बडो गजबको ठाउँमा देखिन्छु । वरपर न कुनै बस्ति छ । माथिपट्टी बाक्लो जंगल, जंगल तलपट्टी अलिकति खालि ठाउँ । त्यसको तल्लो पट्टी कलकल पानी बगि रहेको खोला छ । पानी यति सफा छ कि, तलपट्टी ढुंगा, माटो, लेउ सबथोक देख्न सकिन्छ । 

खोला छेउ बसेर म अञ्जुलीमा पानी उभाउँछु । भुँडी चर्किने गरि पानी पिउँछु । एकैछिन ढुंगाकै सिरानी बनाएर निदाउछु । 

...

दोस्रो सपना, 

उही ठाउँ होइन । तर, ठाउँ उस्तै एकलास छ । 

यहाँ पनि मान्छेको पैतालको डोब कतै देखिन्न । 

एकदमै अग्लो ठाउँ । वरिपरि घना जंगल छ । जंगलको बिचमा अलिकति खालि ठाउँ । म त्यही खालि ठाउँको बिचमा छु । जंगलको बिच ओ बिच हिड्दै जाँदा परै पुगेपछि कुँवा भेटिन्छ । म निकै तिर्खाको छु । खासमा, म पानीको खोजीमै निस्केको हुँ । 

कुँवा छेउ घुँडा टेकेर म मज्जाले पानी पिउछु । 

पानी पिएर फेरि, उही खालि ठाउँ भएको ठाउँमा फर्किन्छु । त्यो खालि चौरमा पल्टेर आकाशलाई आफू भित्र समेट्छु । यत्तिकैमा मेरो निद्रा टुँटी हाल्छ । 

...

तेस्रो सपना, 

यहाँ म अर्कै संसारमा पुग्ने छु । 

एकदमै निर्जन ठाउँ । पहिलो र दोस्रो सपना जस्तो होइन यो सपना । एकदमै निर्जन ठाउँ । न रुख, विरुवा छ । जताततै आकाश नै आकाश छ । आँखाले हेरेर नसकिने आकाश । यो ठाउँमा म एक्लो उभिएको छु । 

...

सपना लगभग उस्तै हो । जसले मलाई बारम्बार घचघच्याईं रहन्छ । 

यो ठाउँको खोजीमा निस्कौं जस्तो पनि नलागेको होइन । तर, सपनाको पूरा भाग मैले सम्झन सक्दिनँ । 

यो कस्तो एैठन परेको होला । 

एक्लिएको मात्र देख्छु । जतातै शुन्यता मात्र । 

मलाई यो के भएको ? 

खासमा म शुन्य भए की, संसार शुन्य हो ? 

म खोजि रहेछु, यस्तै भावहरुमा, ....

                                      


 

Post a Comment (0)
Previous Post Next Post