सुतेको काँग्रेस जाग्यो रे !

सामान्य जीवन हुन्थ्यो त, पोखराका चोकमा विभिन्न संघ संगठनका ¥याली । सभा समारोह, गोष्ठी महिनामा एक पटक हुन्थ्यो । 


पोखरामा काँग्रेसको विशाल र्‍याली 

कोरोना कालपछि त्यो अहिले ठप्पै जस्तो  छ । बिचमा एकपटक जुझारु युवाहरुको जमात कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि सरकारी जिम्मेवार नबनेको भन्दै निस्किएका थिए । १०, १५ दिन अघि राजावादीहरुले पनि राम्रै जुलुस निकालेका थिए ।

आज पुन पोखराको सडकमा काँग्रेसको ¥याली निस्किएको छ । वर्षदिनसम्म सबैलाई घरभित्रै सुत्ने बनाउने कोरोना कस्तो ज्याद्रो ! घर बाहिर निस्कौ त कोरोना संक्रमण होइने डर, जोगिन त परिगो । घरभित्रै नलुकी धरै थिएन । सबै जना लुक्यौ पनि ।

लगभग वर्षदिन पुग्नै आँट्यो । सुतेको पनि, कति सुत्नु ! 

वाक्क, दिक्क, प्याक्कै लागि सक्यो । 

...

चारतारे झण्डासहित नेपाली काँग्रेसका कार्यकता सडकमा उत्रिए । उस्तै जोस, उस्तै फुर्तिसाथ काँग्रेसीहरु सडकमा थिए । 

काँग्रेसलाई यसरी निद्राबाट ब्युँझाउने काम चाही दमौलीको बुल्दी काण्डले गरेको रे ! 

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई आक्रमण गरेर जगाउने काम सरकारले गरेको काँग्रेसको यो विशाल सभामा सुनियो । 

माव अधिकार चोकबाट निस्किएका काँग्रेसीहरु चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पृथ्वीचोक झरेर कोण सभामा परिणत भएका थिए । सभालाई सम्बोधन गर्न केन्द्रिय नेता अर्जुननरसिंह केसी आएका रहेछन् । 

आम सभालाई सम्बोधन गर्दै नेता केसीले कम्युनिस्ट सरकार विरुद्ध काँग्रेसले चौंथो आन्दोलन थालेको उद्घोष गरेछन् । पहिला राणा, पञ्चायत र राजा फाल्न सडकमा उत्रेको काँग्रेस अब कम्युनिष्ट सरकार फाल्न सडकमा निस्कने उनले बताएछन् । 

अरु बेला चुइक्क केही नबोल्ने, आफ्ना प्रिय नेतालाई आक्रमण गरेपछि भने काँग्रेस बोल्यो । राम्रै ग¥यो भन्छु है म । 

खासमा, प्रमुख प्रतिपक्ष सुतेको सहाउँदेन नि त । ब्युँझेकै राम्रो । 

सुतेको काँग्रेसलाई जगाउने काम गरेकोमा सरकारलाई धन्यवाद ।  


Post a Comment (0)
Previous Post Next Post