हिमालैमै ठोक्किने पिङ ...



घुम्दैफिर्दै दसैंको पर्सिपल्ट गोरखा पुगियो । यो जाडोमा धुलो र मैलो खादै राती साढे आठ बजे गोरखा पुगेका थियौं । 

तीन वटा स्कुरटरमा ६ जनाको जम्बो टोली गोरखा पुगेको थियो । पैला दसैंको टिका र आर्शिवाद थाप्ने त्यसपछि गोरखा दरबारमा सेल्फी हान्ने भनेर यो टोली गोरखा आएको थियो । 

दुभाग्र्य भनौं या संयोग नै त्यस्तै दसैंको टिका त थाप्यौं । आर्शिवाद पनि थाप्यौं । तर, पृथ्वीनारायण शाहको शालिक अघिल्तिर उभिएर सेल्फी लिन पाएनौं । 

सेल्फी लिन पाएनौं ! तैं पनि केही बात छैन । 



अर्को अद्भुद् दृश्यपान ग¥यौं । 

गोरखा दरबार संग्रहालयको सिरानतिर ‘क्याफे दि चौतारी’ नामक क्याफेमा यस्तो अद्भुद् दृश्यपान गर्न पाइने रहेछ । यहाँ आएपछि हिमालैमै ठोक्किए जसरी पिङ खेल्न पाइने रहेछ । हाम्रो ग्रुपका २ जना बाहेक ४ जनाले पिङ खेलेर मज्जा लिए । त्यो २ जना अपवादमा म पनि एउटा थिए । कोही बात छैन, पिङ खेलिएन । तर, दृश्यपान गर्नु पनि कम्ति मज्जा आएन । 

त्यहाँ मेरो क्यामेराको लेन्सले भेटे जतिको राम्रो फोटोहरु मैले क्लिक क्लिक गरें । जुन तपाई यहाँ देख्न सक्नु हुन्छ । बाँकी हेर्न तपाइ स्वय नै जानुपर्ने हुन्छ । 

यसको निम्ति तपाइले सर्टेन चार्ज पनि तिर्नुपर्ने हुन्छ । धेरै होइन । जम्मा वन हन्ड्रेड रुपिज । 

यस्तो काइदाको मज्जा लुट्न पाएपछि सय रुपैयाँ तिर्नुमा पनि फाइदा छ । हैन र !









कस्तो लाग्यो मेरो कुरा ।

Post a Comment (0)
Previous Post Next Post