र, सम्झना बनि ...



केही दिन यता शुन्य संसार शुन्य छ । 

नियमित ब्लग लेख्दै आएको म आफैं शुन्य बनें । न भावहरु आए । न शब्दहरु । सन्नाटाहरुले छोपी रहे । 

कल्पनै नगरेको दुर्घटना बेहार्नुपर्दा मन सम्हाल्नै नसकिने गरि आहात भएको छ । 

यादोको परछाइया पनि कस्तो ...

नमिठोसँग चिमोटी रहने । दुखाई मात्र रहने । 

आवाज मात्र नआउने । 

                                     000

कतै सुनेको थिएँ, विद्यमान दुखको सामु नयाँ दुख थपिदा पूरानो दुख स्वत कमजोर भै जान्छ । हुन पनि यस्तै भयो । कल्पनै नगरेको राजनीतिक दुर्घटना देशले भोग्नु पर्यो । अहिले देश दुखि रहेको छ । धु्रव सत्य त आखिर यही न हो, हामीलाई दुख पर्यो भन्दैमा संसार कहाँ रुन्छ । द्विविधामा छु, म आफ्नो दुखमा दुखु कि देशको दुखमा !

हो, पीडा सबैलाई हुन्छ । मन रुन्छ । अतालिन्छ पनि । 

र, पनि बाँच्नु त छ नै ...

अब, विस्तारै उही पूरानो लय समात्नु त छ नै ...


Post a Comment (0)
Previous Post Next Post