दुख्न पनि कहाँ छुट छ र ...

‘कता हो ? देखभेट नै छैन । कता हराइस् ? जागिर छोडेको हो र ? काम नगरि किन डुलि हिडेको ?’

मेरो फेसबुकमा आजकाल यस्तै खाले म्यासेजले भरिएका छन् । 

...

महिना दिन हुन आँट्यो । न केही गरुँ भन्ने हुटहुटी छ । न केही गर्ने जागर । एकदमै निश्क्रिय भएर बसेको छु । 

कोठामा बस्दाबस्दा कहिलेकाही वाक्क लाग्छ । त्यसपछि बल्ल साथीभाई याद आउछन् । आफ्ना याद आउछन् । नत्र एक्लै ठिकठाक । 

...

पीडा नहुने मान्छे को होला ? चोट कसलाई नहोला ?

आफ्नो पीडा मात्र ठूलो देख्ने मान्छे कति स्वार्थी । म पनि त्यही स्वार्थी मान्छेमध्येका एक न परे । 

यस्तै भो । 

विधाताले झेल ग¥यो । पीडा कम थियो । त्यसैले त होला पीडा माथि पीडा थपिएको ! 

...

थाहा छ मलाई, आफू भन्दा माथि कहिले पनि उठ्न सकिन्न सजिलै । सबैलाई आफ्नै दुख त हो दुख्ने । 

हो, सबथोक भुल्नुको विकल्प छैन । र, पनि बेलाबेला झस्काई रहने नमिठो सपनाले बिथोलि रहेको छ । अझै केही बेर दुख्न मन छ मलाई । कृपया मलाई केही बेर दुख्न दिनुस् ...


Post a Comment (0)
Previous Post Next Post