एउटा मान्छेको मायाले ...

हुने हरुका लागि त के छ र ...

जिन्दगी भरि भरि छ । जे हुनु छ । त्यो त नहुनेहरुकै लागि त रैछ । 

...

म किन यति विघ्न एक्लिएको ? किन यति साह्रै उराँठिएको होला ? 

कहिलेकाही यि अनुत्तरित प्रश्नको उत्तर खोज्न पनि मन पर्छ मलाई । मरि गएँ भेटे पो । 



स्वर सम्राट नारायण गोपालको गीत छ नि ..

एउटा मान्छेको मायाले कति 

फरक पार्दछ जिन्दगीमा ...

यही गीतबाट सापटी लिएको छु आजको टाइटल पनि । 

साँच्चै कति धेरै फरक पर्दो रैछ है एउटा मान्छको मायाले जिन्दगीमा । बिर्सु भन्दा पनि घरि घरि सम्झना आई रहने । 

यि नारायण गोपाल बुढाले पनि कति साह्रो विरक्त लाग्दो गीत गाएका होलान् ...

नसुनु त मन मान्दैन । 

सुनौं मनै आहात बनाइदिन्छ । 

साँच्चै एउटा मान्छेको मायाले कति धेरै फरक पार्दो रैछ । त्यो त आधा मुटु चोइटिएर दिनेलाई भन्दा बेसि कसलाई पो थाहा होला र ...


Post a Comment (0)
Previous Post Next Post