`बा´


मैले तिमीलाई केही दिन सकेको छैन

दिएको छु त केबल

आवश्यकताको लिस्ट
अनि आशाका थैलीहरु
त्यो चाउरिएको अनुहारमा
मैले कहिल्यै उज्यालो भरिदिन सकेको छैन
भरिदिएको छु त
चिन्ताका पहाड
अनि ऋणका ठुला थेग्नै नसकिने भारीहरु
बा,
तिमीलाई के लाग्छ ह
के म तिम्रो एक लायक छोरो बन्न सकुला
सुन्छु ,
छोरोले राम्रो पढ्दै छ
पक्कै केही राम्रो गरिहाल्ला नि भन्दै
आशाका बिस्कुन फिजाएको छौ रे
पक्कै
केही त गर्छु बा
त्यो चुहिने खरको छानो अनि आमाको
पुरानो दश ठाउमा टालेको चोली
मैले बिर्सेको छैन
साहुले दिनहुुँ ऋणको ताकेता लगाएको दृश्य
मेरो आँखा अघि नाची रहन्छ
तिमीलाई फ्रेम भाचिएको त्यो पुरानो चश्माले
पढ्न निकै गाह्रो भाको छ है
मलाई बिश्वास छ
त्यो चुहिने छानो फेरेर
आमालाई मखमली चोली अनि
तिमीलाई नया फ्रेमवाला चस्मा छिट्टै
दिलाउने छु
अनि मुज्जा परेका त्यो मुहार मा
थोरै हासो थपी दिने छु ।
Post a Comment (0)
Previous Post Next Post