कोही किन आफ्नो लाग्छ ?



कोही किन आफ्नो लाग्छ ?

उत्तर सजिलै छ । किनभने, उसले तपाईँलाई आफ्नोपनको आभाष दिलाएको हुन्छ । परिभाषा खोज्दै जाँदा अझ फराकिलो पनि हुन सक्ला । सक्छ ।

...

हुन पनि तपाईँ अप्ठ्यारोमा परेको बेलामा कोही आएर म छु नि भन्दिए मात्रै पनि धेरै लाग्दैन र ! 

अक्सर, यस्तै हुन्छ । 

कोही आउँछन् । नजिकिन्छन् । हामी ऊ सँग खुल्दै जान्छौं । यति धेरै खुल्छौं कि आफू सकिएको पत्तै हुँदैन । 

...

मेरो पनि यही एउटा बानी नराम्रो छ । अरु पनि होलान् । त्यो तपाईं नै मुल्यांकन गर्नुस् । म सँग सोध्नु भयो भने त म राम्रो म भै हाल्यो नि त । 

होइन र !

अँ, साँच्चि, 

कोही किन आफ्नो लाग्छ ?

मान्छे बित्थैमा किन आफ्नो बन्न खोज्छ होला है ! अझ, हामी किन आफ्नो बनाउन खोजेको होला ?

...

हरेक कुरा सम्झिने अप्ठ्यारोमा नै हो । आफ्नोपनका आभाषा हुने पनि त यस्तै बेला हो । आजकाल यस्तो कठिन समयबाट गुज्रि रहेको छु कि, कहिलेकाही त यस्तो लाग्छ । यो सब माया, मोह, सम्बन्ध, आफ्नाहरु सब भ्रम जस्ता लाग्छन् । 

सानो छँदा सुनेको थिएँ, 'सहरका मान्छे धेरै स्वार्थी हुन्छन्' भनेर । यहाँ त एउटै घरभित्र बस्नेहरुले पनि अर्काेलाई चिन्न गाह्रो हुन्छ रे ! अप्ठ्यारोमा साथ दिनु त परेको कुरा । साँच्चै दन्त्य कथा जस्ता लाग्ने त्यो तीतो यथार्थ सहरमा स्वयः आफैले भोग्दै छु । 

कोही किन आफ्नो बन्न खोज्दा रहेछन् । 

बल्ल पो बुझ्दै छु ...


2 Comments

  1. आहा !अति मिठो प्रस्तुतिकरण!

    ReplyDelete
  2. आहा !अति मिठो प्रस्तुतिकरण!

    ReplyDelete
Post a Comment
Previous Post Next Post