बहुरुपी मान्छे



‘फटाहा मान्छेले हाँस्न जानेको हुन्छ । सोझो मान्छेलाई चाँडो रिस उठ्छ,’ अँगेना छेउमा दुवै हात कोखिलामा च्याँप्दै बा’भन्नु हुन्थ्यो । 

बा’को पुरानो बानी थियो यो । आमाले घरमा चाहिने सामानको लिस्ट सुनाउने बित्तिकै बा सुरु भै हाल्ने । आमाको यक्ष प्रश्नको उत्तर दिन बा’लाई गाह्रै पथ्र्यो । आफूले पैसा कमाउन नसक्नुको कारणबारे बा’ले लामै लेक्चर दिई सकेपछि आमा चुप । 

बिचरी, मेरी आमा के बुझ्दी हुन् बा’का कुरा !

...

बा’को यही बानी मलाई खुब मन पथ्र्यो । मनमनै सोच्थे, ‘मेरो बा जति जान्ने मान्छे अरु कोही छैन ।’ साँच्चै मेरा बा मेरो लागि विश्वविद्यालय जस्ता थिए । छन् । बा’कै मियो पछ्याउँदै अहिलेसम्म म हिडी रहेको छु ।

तपाईँलाई एउटा कुरा सनाउँछु,

मेरी श्रीमति मैले पैसा कमाउन नसकेकोमा खुब गुनासो गर्छे । 

म पनि के कम ?

बा’कै स्टाइलमा पैसा भनेको केही होइन । अझैं केही समय पर्ख न ..

आजकाल त उसलाई विश्वास पनि लाग्न छाडेछ क्यार,

उति साह्रो गुनासो पनि गर्दिनँ ।

..

ए, साँच्चि

बहुरुपी मान्छेको चर्चा गर्दै थियौं क्यार !

...

बा’ले मान्छेको बहुरुपी अनुहारबारे सानैमा सुनाउनु हुन्थ्यो । आफ्नो आदर्श जीवनबारे बा’ले प्रमाण दिनु हुन्थ्यो । हामीलाई सानैमा हो बा’ले यस्ता मान्छेबाट सचेत रहन सुझाएको । 

...

‘मलाई त्यस्ता मान्छेदेखि रिस उठ्छ । जो सामाजिक सञ्जालमा एउटा जीवन बाँच्छ । वास्तविक जीवनमा अर्कै भै दिन्छ,’ चिया गफ चल्दै गर्दा एउटा साथीले सुनायो । हुन त मलाई यस्ता विषयमा कुनै चासो छैन । यो उसको नीजि जिन्दगी हो । जे सुकै गरोस् । बाल,...

...

मैले यति लामो भुमिका बाँधी रहनुको अर्थ के होला ?

मेरो जीवनमा पनि यस्ता बहुरुपी मान्छेहरु थुप्रै ठोकिए । ठोकिएलान् । 

यो मेरो बिलकुलै नीजि विचार, ‘मान्छेको आ आफ्नै सोचाइँ छन् । जीवन छन् । यसमा हामीसँग कुनै सरोकार हुन्न ।’ आजसम्म यही मान्यतालाई पछ्याई आएको छु । बा’ले मलाई यही सिकाउनु भएको थियो । 

जिन्दगीमा धेरै यस्ता मान्छे भेटिए, जो देखिन्छन् एउटा । भै दिन्छन् अर्कै । याद छ राम्रोसँग दुख पर्दा दुखे जस्तै गरि दिए । हाँस्दा सँगै हाँसे जस्तो पनि गरे ।

गुनासो छैन कुनै यस्ता मान्छेसँग । किनकी तिमीहरु मेरो जीवनका सिकाईहरु हौं । 


Post a Comment (0)
Previous Post Next Post