कथा खोज्न गएको, झण्डै आफै कथा बनिएन !




कथा खोज्दै मंगलबार साँझ तालपारी पुगेका थियौं । बुधबार बिहानै उठेर तालपारीको कथा बुन्ने भनेर हामी त्यहाँ पुगेका थियौं । 


बिहानै उठेर कथा पनि खोज्यौं । पात्रहरूसंग गफियौं । रमायौ । पोखरा २२ अन्तर्गत पर्ने सिम्ले, पात्ले र लामिडाडा गाउँका केही कथा ल्याएका पनि छौं । 


कथा खोजेर फर्किने क्रममा झण्डै कथा बनिएन । पुरिदै गएको फेवातालको बिच भागतिरको केही फुटेज लिने मनसुवाले हामी गएका थियौं । तालले थुप्राएर ल्याएको माटो हुनाले भासिने हो कि ! भनेर पनि एकदमै सचेत थियौं । 


फोटो लिइ सकेपछि डुंगातिर फर्कौ न भनेर अघि बढेको मात्र के थिएँ, दाहिने खुट्टाको घुँडासम्म त दलदल भित्र भासियो । बल गरेर उम्किन खोजेको मात्र के थिएँ । अर्को खुट्टा पनि भासियो । मैले त आशै मारी सकेको । कसोकसो दुबै हातले टेकेर बाहिर निस्किन सफल भएँ । 


साथी महेशले फोटो क्लिक गर्न भ्याएछन् । बाल बाल बच् गए ....


Post a Comment (0)
Previous Post Next Post