तपाईंहरुलाई कहिल्यै यस्तो भएको छ : म त दुई थरी चप्पल लगाएर बजार घुमेको छु नि !




सत्यता कति छ, त्यो त म जान्दिनँ । २४ घण्टामा मान्छेको माइन्ड ७ सेकेन्ड ब्ल्यान्क हुन्छ रे ! मान्छे होस् हवास गुमाउछ रे । 


केही समय अघि यस्तै भयो । भयो के भने, `दुई थरी चप्पल लगाएर सिङ्गो बजार घुमिएछ !´ के सोचेर हो कुन्नी ? दुई थरी चप्पल लगाएर छोरेपाटन, घारिपाटन,पृथ्वीचोक हुँदै नयाँबजारसम्म पुगेछु । कसरी भयो कुन्नी ? अहिले सम्झिदा पनि रमाइलो लाग्ने क्या ! आजको वर्कशपमा यस्तै रमाइलो खेल खेलियो । जीवनका रमाइला क्षणहरु सेयर गरियो मैले पनि यहीँ सुनाएँ । 


सबै जना छक्क । तपाईं पनि पर्नु भएन त छक्क ! 


तपाईंका पनि यस्ता रमाइला क्षणहरु छन् भने याद गर्नुस् । एकैछिन रमाउनुस् न ल !   के था, यस्ता घटना जिन्दगीमा दोहोरिएर नआउलान् । त्यही भएर फोटो खिचेर राख्या नि !

Post a Comment (0)
Previous Post Next Post