प्यारापाइलटका अनेक कथा



मध्य पुषको घुर्मैलो साँझ । माथिपट्टी आकाशमा, प्याराग्लाइडिङ उडि रहेका छन् । दिउँसो जस्तो होइन । फाट्टफुट्ट मात्र । पोखरा, १८  ग्यारगतीका सुवास थापा कहिले कुखुरालाई आहारा दिन्छन्,  कहिले पानी । बेलाबेला हामीसँग गफिन पनि भ्याउँछन् । आजभोलि सुवासको दैनिकी यसै गरि बित्छ । 

सुवास कुनै जमानाका उम्दा प्यारा पाइलट हुन् । समय यस्तो नभैदिएको भए, उनी यतिबेला आकाशमा कावा खाँदै उडी रहेका हुन्थे । देशी÷विदेशी पर्यटकहरुलाई उडाई रहेका हुन्थे । अनि, नयाँ नयाँ पाइलटहरुलाई पखेटा कसरी फिँजाउने भनेर सिकाई रहेको अवस्थामा भेटिन्थे । 

तर, विश्व नै छपक्कै छोप्ने गरि फैलिई रहेको कोरोना भाइरसले सुवासको जिन्दगीका सुवास पनि चोरी लग्यो । लामो समयको लकडाउनले देशै ठप्प बन्न पुग्यो । न उड्ने काम भो । न उडाउने । ३ महिनासम्म सुवास कोठाभित्रै थुनिएर बसे । 

....

दुखहरु आउछन् । जान्छन् । फरक यत्ति हो, दुखहरु पहाड जत्रा होलान् । सुखहरु तराइ जस्ता । जे जस्तै भए पनि जिन्दगी त आखिर चलाउनै प¥यो । सुवासले पनि अठोट गरे, ‘यस्ता दुखका अक्केराहरु पार गरेरै छाड्छु । जिन्दगीलाई फेरि स्पिड दिन्छु ।’ सबै सामान पोको पारे । अनि, साथीभाई सबै छोडेर आफ्नै गाउँ फर्किए ।

पोखराको मुख्य बजारक्षेत्रभन्दा करिबन १० किलोमिटर पर्तिर, सराङकोट जाने बाटो छेवैमा सुवासले अहिले कुखुरा फार्म खोलेका छन् । सुवासको कुखुरा फार्ममा अहिले विभिन्न देशका भिन्दाभिन्दै जातका कुखुराहरु यताउति गरि रहेका देखिन्छन् । 



लकडाउनले सुवासको दैनिकी नै फेरिएको छ । बिहानै उठ्छन् । कुखुरासँग खेल्छन् । हाँस्छन् । र, यिनै कुखुराहरुसँग रम्छन् पनि । 

अब, फेरि पूरानो व्यवसायमा फर्किने कि नफर्किने त ? हामीले सोध्यौं । 

‘सोख हो चटक्कै माया मार्न त सकिन्न, सोलो उडान गर्न छाड्दिनँ ।’


Post a Comment (0)
Previous Post Next Post