जब उनले फेवाताल सफा गर्न थालिन् ...



धेरै कुराहरु आफूलाई थाहा हुँदाहुँदै पनि मिस हुन्छ । केही कुरा आफूले नजानेरै मिस हुन्छ । 

आज यस्तै भयो । 

दिउँसो करिब ३ बजेको हुँदो हो । म फेवाताल किनारतिर टहलिदै थिएँ । तपाईँहरुलाई थाहै छ । जिर्ण फेवाताल मर्मत गर्न फेवातालमा पानीको मात्रा घटाइएको छ । पानीको मात्रा घटेपछि ताल छेउछाउका भागहरु रुग्ण देखिएका छन् । यति मात्रै कहाँ हो र !

टिलपिल पानी हुँदा फ्याँकेका फोहोरले फेवाताल झनै रुग्ण बनाएको छ । 

...

अहिलेसम्म कसैको चासो नपुगेको त्यो फोहोर सफा गर्न एक विदेशी महिलाले जाँगर चलाइन् । झट्ट हेर्दा मंगोलीन फेसकी देखिने ति महिला जापानी, या चिनियाँ नागरिक हुनपर्छ, सायद ।

दिनभर असिनपसिन हुँदै ताल किनारको फोहोर सफा गरिन् । यति मात्र गरिनन् । ताल छेउमै बसोबास गर्नेहरु पनि उनले सफा गरेको देखेर सफा गर्न कस्सिए । 



भएन त काइदा !

तर, एउटा मिठो पल क्षण मिस भो । 

थाहा छैन, उनी कुन इन्टेन्सनले ताल किनारको फोहोर सफा गर्दै थिइन् । मलाई लाग्छ, सुन्दर फेवातालको कुरुप अवस्था देखेर नै उनलाई नमिठो लागेको होला ! 

कमसेकम ति महिलासँग एक चोटी कुरा गर्न पाए पनि धेरै कुरा बुझ्न पाइन्थ्यो होला ! 

हुेर्नुस् न भाषा आउँदैन । कसरी कुरा गर्ने ? 

लुकिलुकि भए पनि भिडियो भने खिचें ...

युट्युब लिंक

https://www.youtube.com/watch?v=zysNASCMojw&t=97s


Post a Comment (0)
Previous Post Next Post