विश्वको ध्यान खिच्ने खिम काजिको यो फोटो

📸 - Khim Bahadur Lamichhane


बिहानैदेखि फेसबुक प्रेमिल थियो । प्रणय दिवसका प्रेमिल स्टाटसले फेसबुकका भित्ता कम्ति लोभ लाग्दा थिएनन् । 

फेसबुक स्क्रोल गर्दै जाँदा खिम लामिछानेको फोटोले ध्यान खिच्यो । क्याप्सनमा लेखिएको थियो, 'EURORDIS Photo Award 2020 फोटो प्रतियोगितामा मेरो फोटो टप मा पर्न सफल भएको ! तलको लिंक खोलि मेरो फोटोमा सेलेक्ट गरेर मलाई भोट गरिदिनु अनुरोध गर्दछु ! मेरो फोटो अनिमेषलाइ व्हील चेयरमा राखेर स्कुल लाग्दै गरेको चाहि हो !

https://blackpearl.eurordis.org/photo-award/

यो लिंकमा क्लिक गरेपछी दोश्रो पेजमा Vote for your favourite photo भन्ने आउछ त्यसमा OI Can, Osteogenesis Impefecta Nepal लेखेकोमा सेलेक्ट गर्ने Submit गर्ने !'

धेरै धन्यवाद !

झट्ट, हेर्दा फोटो सामान्य लाग्न सक्छ । बुझ्दै जाँदा उत्तिकै गहिरो पनि छ । यो फोटो स्वयं खिम काजिका छोरा निमेष लामिछानेको हो । जो 'Osteogenesis Imperfecta' ले प्रताडित छ । ह्विल चेयरमा राखेर छोरालाई राखेर स्कुल साइडमा गुडाउदै गरेको यो फोटोले मेरो मात्र होइन सबैको ध्यान खिच्छ । ह्विलचेयरमा अनिमेषलाई डोहोर्‍याउने उनकी आमा हुन् ।

काजी दाई बेलाबेलामा छोरा अनिमेषको सानो सानो भिडियो क्लिप पोस्ट्याई रहेका हुन्छन् । भिडियोमा अनिमेष आफ्नो बुवासँग लाडिन्छ । काजी दाईको पुत्र मोह देखेर धेरै चोटी लोभिएको पनि छु । 'युरोडिस फोटो अवार्ड-२०२०' को टप फाइभमा पर्न सफल भएकोमा खिम दाईलाइ बधाई । 

कुनै दिन पोखरा आउनु भयो भने, काँधमा क्यामेरा ब्याग, हातमा क्यामेरा बोकेर के के के का फोटो खिच्दै गरेको अवस्थामा काजी दाई भेटिने छन् । 

विश्वका ३० देशका थुप्रै फोटोग्राफर ले भाग लिएको यो कम्पिटिसनबाट काजी टप ५ मा छानिएका हुन् ।  काजी सहित अस्ट्रीया, स्लोभाकिया, अमेरिका र आइस्ल्याण्ड का फोटोग्राफर फाइनलमा पुगेकाा छन् । 


यो फोटोग्राफी अवार्ड अमेरिका बारीस्ट फोटोग्राफर तथा फोटो पत्रकार मार्कस ब्लिडेल ले दुर्लभ रोग लागेर जीवन बिताइ रहेका व्यक्तिहरुसङ्ग सम्बन्धित जीवन कथा लाई उजागार गर्ने शिर्षक मा फोटो प्रतियिगिता गरेका हुन् । 


जसको आयोजक इउरोर्डिस अथार्त इरोपियन अर्गानिजेसन फर रेयर दिजिज ले गरेको हो । 

३१ जनवरि २०२१ मा सुरु भएर ११ फेब्रुअरी२०२१ मा पहिलो उत्कृष्ट ५ जना को फोटो छनौटमा परेका हुन् । 


अन्तिम नतिजा सामाजिक सञ्जा मा प्राप्त भोट को आधार मा २४ फेब्रुअरी २०२१ का दिन रेयर डिजिज डे को अवसर पारेर सार्वजनिक हुनेछ  । तपाईंहरु पनि माथिको लिंकमा गएर एक भोट दिनुस् है !


Post a Comment (0)
Previous Post Next Post