आफ्नै लेन्समा ...




समय समयको बात हो । आज आफैंलाई राम्रो फोटोग्राफरको रुपमा पाएँ । 


आफैले खिचेको फोटो मध्ये पनि यो फोटो यति धेरै मन पर्‍यो कि हेरेको हेर्‍यै छु । 


मैले अघिल्लो बेलामा पनि भनेको थिएँ, डुब्ने बेलाको घामले मलाई धेरै नोस्टाल्जिक बनाउँछ । थाहा छैन किन ? तर, यो बेला म घर सम्झिन्छु । आमाको काख सम्झिन्छु । गाउँ सम्झिन्छु । बालापन सम्झिन्छु । यसैले पनि मलाई डुब्ने बेलाको घाम मन परेको हुँदो हो । 


तर, यो फोटो आफ्नै डेराबाट लिएको है । 


स्थान : पोखरा, १७ छोरेपाटन (टारीगाउँ)

Post a Comment (0)
Previous Post Next Post