फरक छुट्याउनुहोस् : यि दुई मध्ये कुन राम्रो ?

 


फोटो देखेर छक्क नपर्नुस् । यो मास्क हो । 


जुन मैले दुई दिनको फरकमा हिजो र अस्ति मात्रै बजारबाट लिएको थिएँ । फोटोमा देखिएकोमध्ये ग्रे कलरको मास्क पोखरा महानगरपालिका १७ छोरेपाटनमा अवस्थित स्टेशनरी पसलबाट लिएको थिएँ ।  स्टेशनरी धनीलाई मैले मास्क लिएर सत्तरी रुपैयाँ तिरेको थिएँ । 


कस्तो अचम्म, सोमबार इभिनिङ वाकमा निस्किदाँ किनेको मास्कको मुल्य उज्यालो नहुँदै बढी सकेको रहेछ । ठ्याक्कै उही साइजको । कलर मात्रै फरक भएको मास्क मेडिकलबाट लिँदा १ सय रुपैयाँ तिर्नुपर्‍यो । हेर्नुस् त ठाउँको ठाउँ कालोबजारी । आफू सरासर ठगिएको थाहा हुँदा हुँदै पनि मैले केही बोल्न सकिनँ । ३० रुपैयाँको लागि प्रतिवाद गर्दा त्यहाँ अर्को अर्थ लाग्न सक्थ्यो । त्यसैले म केही नबोली निस्किएँ । 


यो त मैले थाहा पाएको घटना भयो । अझैं यस्ता कति ठाउँ होलान् । जहाँ म दिनहूँ ठगिई रहेको छु । 



Post a Comment (0)
Previous Post Next Post