हिउँ प¥यो साह्रै जाडो छ ....



‘यता त हिउँ परेको छ, बड्डा । निकै जाडो पो छ त,’ जुम्लाका साथी रतन नेपालीले यसो भनि रहँदा माछापुछ«े र अन्नपूर्ण पनि हिउँले छपक्कै छोपिएको थियो । रतन जि सँग नवलपुरमा चार दिन सँगै बिताएको थिएँ । छोटो समयमा पनि निकै आत्मिय लाग्ने रतन जि का किस्सा त पछि कुनै दिन सुनाउँने नै छु ...

...

मैले ‘हिउँको फोटो पनि पठाउनुस् न’ भनें । उहाँले पनि फोटो पठाउनु भयो । 

कस्तो राम्रो । म त फोटोमा हिउँ परेको हेरेरै दंग परें । 



मलाई हिउँ असाध्यै मन पर्छ । 

धित मरुञ्जेल एकचोटी हिउँ खेल्ने मन छ । 

पोहोर साल नर्थ अन्नपूर्ण जाने मौका पनि मिलेकै हो । धित मरुञ्जेल हिउँ खेलौला भनेर खुबै फर्किएको पनि थिएँ । 

बिडम्बना ! 

बिचैबाट फर्किनु परेको थियो । 

यसपालि नभए पनि आउँदो साल पक्कै हिउँ खेल्न पाइएला । अहिलेलाई भने फोटो हेरेरै चित्त बुझाएँ । तपाईँहरु पनि हेर्नुस् ल ... हिउँले सेताम्ये जुम्लाका दुई चार झलक ...

सबै तस्बिर : रतन नेपाली (राजासिम)






Post a Comment (0)
Previous Post Next Post