सुकेको फेवाताल त टिकटक स्पट् भएछ !


यो टिकटकले पनि मान्छेलाई के बनायो ? के बनायो ?

मान्छे जहाँ पनि नाँचि रहेका भेटिन्छन् । अरु ठाउँ त ठिकै हो । जिर्ण बाँध मर्मतको लागि भनेर सुकाइएको फेवाताल छेउको हिलाम्मे भागमा पनि मान्छेहरु नाँचि रहेका छन् । 


(पानी सुकेर खण्डहर बनेको फेवातालमा टिकटक बनाउँदै आन्तरिक पर्यटक ...)

सोमबार, कस्तो भएछ सुकेको फेवाताल हेरौं न भनेर गएको मान्छेहरु नाँचि रहेका थिए । कस्तो रमाइलो भने कोही फोटो खिचि रहेका छन् । कोही टिकटकमा मस्त ।



समाचार माध्यमहरुका अनुसार फेवाताल पूरानै स्वरुपमा फर्किन महिनादिन लाग्छ रे ! ६ करोड लिटर पानी बगेर गई सकेछ । भरिन त पक्कै समय लाग्ला ..

यो समय लम्ब्याए पनि हुने हो, खासमा । 

यही बहानामा भए पनि ऊ बेला लकडाउनको बेलामा सुनसान बनेको लेकसाइड पूरानै लयमा फर्किन्छ ।







Post a Comment (0)
Previous Post Next Post