`हेल्लो पस गाउँ´

 



नयाँ वर्षमा, नयाँ ठाउँ छु । लमजुङको पस गाउँ । पहिलो पटक पस गाउँ टेक्दा रोमान्चित अनुभव हुँदै छ ।

पस गाउँ गुरुङ गाउँ हो । यहाँ मलाई एउटै समस्या भै रहेको छ भाषाको । गाउँलेहरुले बोलेको बुझ्दिनँ । हाउभाउ हेरेर अनुमान लगाउने कोसिस गर्दै छु । गुलाबको फूल बिच सयपत्री जस्तै बन्दा पनि मिठो लागि रहेछ ।

वल्लोपल्लो डाडा सबै तुवालोले ढाकिएको छ । गाउँ राम्रोसँग देख्न पाइनँ । पृष्ठभुमीमा जति देखिएको छ । मैले पनि त्यती मात्रै देखे ।

भोलि पोखरा फर्किनुछु सबेरै । पस गाउँबारे थप वर्णन भोलि नै गरौंला है त !

ए साच्ची

शून्य संसारका प्रिय पाठकहरुलाई नयाँ वर्षको शुभकामना । नयाँ वर्षमा थप सक्रिय बन्न सकुँ । तपाईंहरुको मायाको अपेक्षा त छदैछ ।।
Post a Comment (0)
Previous Post Next Post