घर फर्कन लागेकाहरु ...




शासकहरुलाई सत्ता जोगाउदै ठिक्क छ । भुइँ मान्छेको लागि त के र ! पोकोपुन्तुरो कसेर घर फर्किदै छन् । केही नभए पनि घर छदै छ गाउँमा । त्यै पनि नभए आफ्नाको भर त छ ।

मिनि लकडाउन छ सहरमा । हिजो अस्ति भन्दा पातलो छ आउजाउ । तर, घर फर्किनेको लर्को ज्यादा छ । ठ्याक्कै एक वर्ष अघि पनि यस्तै थियो अवस्था । अझै पनि उहीँ छ अवस्था ।

भर नभएको सहर छोडेर घर फर्किदै छन् मान्छेहरू ... पुग्नु छ कताकता ...
शासकहरुलाई थाहा छ कि छैन होला कुन्नी ? किन फर्किदैै छन् यी मान्छेहरु घर ...
Post a Comment (0)
Previous Post Next Post