शून्य संसार ....

 


केही समय अघिसम्म मलाई यस्तो लाग्थ्यो, जति पनि दुख, पीडाहरु आई पर्छन नि १ ति सबै मेरो जिन्दगी हुन् । तिनीहरुलाई मैले कोही सामु पोख्नु हुन्न । बस्, आफू भित्रै समेटेर राख्नु पर्छ । जिन्दगीको पानामा सुरक्षित राखि राख्नु पर्छ । 

तर, होइन रैछ । 

भावनाहरु गुम्साएर राख्न नसकिँदो रहेछ । यसलाई त जति सक्दो चाँडो बाड्नु पर्दो रैछ । सक्दो यसलाई त पोख्नु पो पर्दो रहेछ । 

नपत्याउनु भएको ।।।

एउटा सानो ढुंगा उठाउनुस् । त्यसलाई शान्त तलाउमा फ्याँक्नुस् । 

हेर्नुस् त कति धेरै बेरसम्म तरंग आई रहेको ।।।

बल्ल पो पल्लो टुप्पाको पानीले वल्लो टुप्पाको पानीको महसुस गर्न पायो । एकै ठाउँमा खजमजिएर बस्नुपर्दा कति धेरै आत्तिएको थियो ऊ । ऊ सँग पनि कति धेरै पीडाहरु थिए । जसलाई उसले पोख्न चाहेको थियो । बल्ल, पो उसले आफ्नो जस्तो पीडा अर्को ठाउँको पनि भेट्यो । 

जिन्दगी पनि यही शान्त तलाउ भन्दा कम्ति कहाँ छ र ।।।

भित्रभित्रै दुखको सागर बोकेर हिडे पनि बाहिर शान्त । कम्ति नाटकीय देखिनुपर्छ । 

हो, यो नाटकीय मञ्चन बढी भो । अब यो सन्नाटालाई चिर्नै पर्छ । हामीले खोज्नुपर्छ बाहिर ल्याउनुपर्छ आफैलाई यो शुन्यताबाट । 

शून्य संसार डटकम ।।।।

म शून्य हुँ कि संसार शून्य 

खोज्दै छु भावहरुमा 


.....

Post a Comment (0)
Previous Post Next Post